+
+

पुनर्निर्माणको प्राविधिक निरीक्षण कार्यविधि तयार

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २६ गते १७:५८

reconstruction-punarniraman
२६ कात्तिक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधि तयार पारेको छ ।

भूकम्पबाट क्षति भएका निजी घरको पुनर्निर्माण, प्रबलीकरण वा मर्मत गर्नुपर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिश गरिएको प्राविधिक ढाँचा, स्तर, सोको डिजाइन र निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको हो ।

यस्तै पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकहरुका लागि निरीक्षणको एकीकृत प्रकृया तोक्न आवश्यक भएकाले पनि निरीक्षण कार्यविधि तयार पारिएको प्राधिकरणले जनाएको छ ।

कार्यविधिमा निजी आवास पुनर्निर्माण कार्यक्रम अन्तर्गत बन्ने घरहरुको निर्माण निरीक्षण प्रक्रिया उल्लेख गरिएको छ । जसमा नक्शा पास प्रक्रिया, प्लिन्थ तहसम्मको निर्माण कार्यको निरीक्षण प्प्रक्रिया, प्लिन्थ तह भन्दा माथिको निर्माण कार्यको निरीक्षण प्रक्रिया समावेश गरिएको छ ।

यस्तै घर पुनर्निर्माण कार्य सम्पन्नताको निरीक्षण प्रक्रिया, प्रबलीकरण/मर्मत सम्भार कार्यको निरीक्षण प्रक्रिया, तेस्रो पक्षबाट प्राविधिक अनुगमन प्रक्रिया, अनुदान सम्झौता अगावै पुनर्निर्माण भएका घरहरुको निरीक्षण प्रक्रिया लगायतबारे पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?