२९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका दुई इञ्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
सरकारी सेवाको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै वरिष्ठ इञ्जिनियर रामहरि फुयाँल र इञ्जिनियर गम्भिरलाल श्रेष्ठविरुद्ध सोमबार मुद्दा दायर भएको हो ।
इञ्जिनियरद्वय फुयाँल र श्रेष्ठको सम्पत्ति छानबिन गर्दा उनीहरुले आय आर्जन गरेको वैध आयको तुलनामा स्रोत नखुलेको सम्पत्ति भेटिएको आयोगले दाबी गरेको छ ।
आयोगका अनुसार श्रेष्ठका नाममा १ करोड २९ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति पाइएको छ भने फुयाँलका नाममा २ करोड ७३ लाख ९ हजार बराबरको स्रोत नखुलेको सम्पत्ति पाइएको हो ।
आयोगले बढी देखिन आएको रकम राज्यकोषमा फिर्ता गराई सोही बराबर विगो भराउन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4