Comments Add Comment

पाँच प्रदेश बनाउन माग गर्दै राजधानीमा प्रदर्शन हुने

५ मंसिर, काठमाडौं । जनप्रजातान्त्रिक पार्टी नेपालले यही मंसिर १९ गते राजधानीमा जनप्रदर्शन गर्ने भएको छ ।

nejarul-ansari
नेजारुल अन्सारी

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन व्यवस्था, ५ संघीय राज्य र अधिकतमा सहमतिमा यथासिघ्र स्थानीय निकायको निर्वाचनको माग गर्दै जनप्रदर्शन गर्न लागिएको सो पार्टीका उपाध्यक्ष नेजारुल अन्सारीले जानकारी दिए ।

जनप्रजातान्त्रिक पार्टीको मंसिर ४ गते शनिवार बसेको केन्द्रीय समिति बैठकले पार्टी महासचिव गोविन्द पौडेल शर्माको नेतृत्वमा ७ सदस्यीय तयारी समिति पनि गठन गरेको छ ।

राजधानीको सुन्धाराबाट सुरु हुुने प्रदर्शन सुुन्धारा, न्यूरोड, वीर अस्पताल हुदै शान्तिवाटिकामा गएर सभामा परिणत हुने उपाध्यक्ष अन्सारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment