Comments Add Comment

केम्ट्रोनिक्स नेपाल बन्यो आयोन एक्सचेञ्जको आधिकारिक बिक्रेता

aayon-exchange
८  मंसिर, काठमाडौं । भारतीय कम्पनी आयोन एक्सचेञ्जले केम्ट्रोनिक्स नेपाललाई आफ्नो आधिकारिक विक्रेता तोकेको छ । कम्पनीका कार्यकारी उपाध्यक्ष दिनेश सदाशिवन र केम्ट्रोनिक्स नेपालकाबाट प्रबन्ध निर्देशक विवेक शर्माले डिलरसिपको म्ंझौतापत्रमा हस्ताक्षर गरे ।

यो सम्झौतापछि केम्ट्रोनिक्स नेपालले उपत्यका बाहिर आयोन एक्सचेन्चका उत्पादन, प्रबिधि र केयरको कारोबार सुरु गर्नेछ ।

आयोन एक्सचेन्जको आधिकारिक केयर सेन्टर तथा डिलरसीप पाएपछि खुशी ब्यक्त गर्दै केम्ट्रोनिक्स नेपालका प्रबन्ध निर्देशक शर्माले ५२ बर्षे इतिहास बोकेको आयोन इण्डियाँगको सहकार्यले समग्र नेपाली औद्योगिक क्षेत्रले फाइदा पाउने बताए ।

उनले कुनैपनि उधोगमा पानीको समस्या परे २४ घण्टाभित्रै सो को समाधान गर्न केम्ट्रोनिक्स नेपाल तयार रहेको पनि बताए । कार्यक्रममा आयोन एक्सचेन्जका कार्यकारी उपाध्यक्ष सदासिवनले जल सुरक्षा, प्रबिधिको प्रयोग, उपयोगहीन पानीको सदुपयोग तथा बहुउपयोग लगायतका बिषयमा नयाँ प्रबिधि भित्र्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment