Comments Add Comment

ट्रम्पका ७ बाचा, जुन अब चुनावी नारामात्रै रहे

donald-trump

९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा बाचाहरुको डंगुर नै लगाएका थिए । अमेरिकामा मुसलमानको प्रवेशमा रोक र मेक्सिकोको सीमामा पर्खाल लगाउने उनको बाचा निकै विवादास्पद रहृयो ।

चुनाव जितेपछि ट्रम्प र उनको टिम सत्ता सम्हाल्ने तयारी गरिरहेको छ । तर, चुनावबाट सत्ता सम्हाल्ने अवस्थासम्म आइपुग्दा थुप्रै अहम मुद्दामा उनले दृष्टिकोण परिवर्तन गरेका छन् ।

चुनावी प्रचारका क्रममा: ट्रम्पले आफ्नो र्‍यालीका हिलरी क्लिन्टनलाई ‘जेलमा बन्द गर्ने’ कुरा गरेका थिए । अमेरिकी विदेश मन्त्री रहेका बेला हिलरीले निजी इमेल सर्भिस प्रयोग गरेकोमा ट्रम्पले उनलाई जेल पठाउनु पर्ने बताएका थिए । उनले भनेका थिए, ‘यदि मैले जितेँ भने महान्यायाधीवक्तालाई यसबारे छानविन गर्न आदेश दिन्छु ।’

चुनाव जितेपछि: अब यसबारे उनको बोली फेरिएको छ । उनले भनेका छन् कि उनको अरु पनि प्राथमिकता छन् र उसबारे कुनै निर्देशन दिएका छैनन् । २२ नोभेम्बरमा उनका प्रवक्ताले भनेका छन् कि यसबारे अब कुनै जाँच हुने छैन ।

obama-trump2

चुनाव प्रचारका क्रममा: ट्रम्पले ओबामाकेयर नामक स्वास्थ्य वीमा संस्थामाथि लगातार धाबा बोलेका थिए । यसमार्फत ती १५ प्रतिशत अमेरिकीलाई हेरचाह गरिएको छ, जससँग कुनै स्वास्थ्य बीमा छैन । राष्ट्रपति पदमा रहँदा बराक ओबामाले त्यसको दायर बढाएका थिए । ट्रम्पको पार्टी रिपब्लिकनले त्यसलाई रोजगारी अन्त्य गर्ने कदम भनेका थिए ।

चुनाव जितेपछि: दुई दिनपछि नै उनले आफ्नो बोली नरम बनाएका छन् । अब उनले भनेका छन् कि उसबारे कानुनबारे बाराक ओबामासँग बैठक गरेर मात्र निर्णय लिइनेछ ।

trump

चुनावी प्रचारका क्रममा: ट्रम्पले आप्रवासीहरुलाई रोक्न अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने बाचा गरेपछि समाचारका निकै हेडलाइनहरु बने । यो ट्रम्पको सबैभन्दा बढी विवादित अभिव्यक्ति हो । उनले भनेका थिए कि पर्खाल लगाउन जति लाग्छ, त्यो सबै रकम मेक्सिकोले दिनुपर्छ ।

चुनाव जितेपछि: अब ट्रम्पको बोली फेरिएको छ र नरम भएका छन् । उनले भनेका छन् कि सीमाको केही भागमा बारले घेराबन्दी गर्नुपर्छ । र, ट्रम्पका एक समर्थकका अनुसार यो चुनाव जित्नका लागि मात्र भनिएको थियो । यद्यपी अझैसम्म ट्रम्पको वेबसाइटमा मेक्सिकोको सीमामा पर्खाल लगाउने बाचा जिवितै छ ।

चुनाव प्रचारका क्रममा: ट्रम्पले अमेरिकामा मुसलमानहरुको प्रवेशमा रोक लगाउने पनि बाचा गरेका थिए । यद्यपी राष्ट्रपतिको उम्मेदवार बनेलगत्तै उनको बोली केही नरम बन्यो । २०१५ डिसेम्बरको एक चुनावी क्याम्पेनका क्रममा ट्रम्पले अमेरिकामा मुसलमानहरुको प्रवेशमा स्थायी नीति नअपनाउँदासम्म पूर्ण रोक लगाउने बताए । अगष्ट, २०१६ मा ट्रम्पले प्रवासीहरुको वैधता जाँच गर्ने कुरा गरे ।

चुनाव जितेपछि: ट्रम्पको वेबसाइटमा इमिग्रेसन सेक्सनमा यसबारे कुनै उल्लेख गरिएको छैन ।

चुनाव प्रचारका क्रममा: ट्रम्पले आफ्ना समर्थकहरुलाई लगातार भन्दै आए अब अवैध आप्रवासीले अमेरिका छाड्नुपर्छ ।

चुनाव जितेपछि: यसबारे पनि ट्रम्पको बोली नरम भएको छ । यद्यपि उनले ३० लाख आप्रवासीलाई कारबाही गर्ने बताएका छन्, जसको पृष्ठभूमि आपराधिक छ । तर, एक जानकारका अनुसार अमेरिकामा यस्ता अप्रवासी ३० लाख होइन, ८ लाख ९० हजार छ । जो अवैध रुपमा सीमा पार गरेर अमेरिका पुगेका थिए ।

trump-muslims

चुनाव प्रचारका क्रममा: चुनावी अभियानका क्रममा ट्रम्पले जलवायु परिवर्तनको मुद्दाको खिल्ली उडाएका थिए । उनले चाहेका थिए कि संयुक्त राष्ट्रसंघलाई दिइने पेमेन्ट प्रोग्राम रद्द गरियोस् । उनले यो पनि भनेका थिए कि कोइला उत्पादनको सीमा भंग गरिनेछ । उनले पेरिस सम्झौताबाट पनि पछि हट्ने संकेत दिएका थिए ।

चुनाव जितेपछि: त्यस विषयमा पनि ट्रम्पको बोली फेरिएको छ । उनले भनेका छन् कि म नजिकबाट हेरिरहेको छु । यसबारे म खुला मनका साथ विचार गरिरहेको छु ।

चुनाव प्रचारका क्रममाः ट्रम्पले बाचा गरेका थिए कि सुप्रिम कोर्टमा यस्ता न्यायाधीशको चुनाव गरिनेछ, जसले समलिंगी विवाह अन्त्य गर्छ । उनका अनुसार यो फैसला राज्यहरुमा लिइनेछ ।

चुनाव जितेपछि: अब उनले भनेका छन् यो मुद्दा अप्रासंगिक छ किनकी अदालतले टुंगो लगाइसक्यो ।

trump-and-gay-marriage

र, यो पनि

यस्ता दुई विषय छन् । जसमा ट्रम्प डगमगाएका छैनन् । गर्भपतनको मामिलामा उनले भनेका थिए कि उनी जीवनको पक्षमा छन् र भविश्यमा सुप्रिम कोर्टमा यसलाई हेरेर नियुक्ति गरिनेछ । यसको अर्थ आगामी दिनमा अमेरिकामा गर्भपतनबारे आउने फैसलामा असर पर्न सक्छ ।

अर्को हो, ट्रान्स प्यासिफिक पार्टरसिप (टीपीपी) अन्त्य गर्न चाहन्छन् । उनले भनेका छन् कार्यालय सम्हाले लगत्तै टीपीपी अन्त्य गरिने छ । चुनाव जितेपछि उनले बनाएको १०० दिनको प्राथमिकतामा यसलाई राखेका छन् ।

(बीबीसी हिन्दीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment