Comments Add Comment

आवासीय डाक्टरले ओपीडीमा काम नगर्दा बिरामी मर्कामा

डाक्टर भन्छन्- यो हाम्रो बाध्यता हो

teaching-hospital-strike

१० मंसिर, काठमाडौं । डा. गोविन्द केसीको जीबन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि बिरामीहरु मर्कामा परेका छन् ।

अनसनरत प्राध्यापक डा. गोविन्द केसीका माग पूरा गराउन सरकारले चासो नदेखाएको भन्दै आवासीय चिकित्सकले शुक्रबारदेखि ओपीडी सेवामा काम गरेका छैनन् ।

आवासीय चिकित्सकको आन्दोलनबाट बिरामी र तिनका आफन्तहरु प्रभावित भएका छन् । उनीहरुले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल गर्न नहुने बताए ।

तर, रेजिडेन्ट डक्टरर्स एसोसिएसनका उपाध्यक्ष राजु भण्डारीले भने ओपीडी सेवा बहिस्कारको निर्णय बाध्यताको उपज भएको बताए । अध्ययनको नियमित प्रक्रिया अन्तर्गत सेवामा सरिक हुनुपर्ने भएपनि डा. केसीको जीवनरक्षाका लागि बाध्य भएर ओपीडी सेवा बहिस्कार गर्नुपरेको उनले बताए ।

‘डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि सरकारले चासो नदेखाएकाले ओपीडी सेवा बन्द गर्नु हाम्रो बाध्यता हो,’ उनले भने ।

चिकित्सा क्षेत्रमा बेथिति मौलाएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. केसी अनसन बसेको शुक्रबार १३ औ दिन पुगेको छ । डा. केसीको स्वास्थ्य नाजुक हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment