Comments Add Comment

चितवनमा गणितज्ञहरुको राष्ट्रिय सम्मेलन हुने

mathematics-blackboard-arti

१२ मंसिर, काठमाडौं । नेपाल गणित समाजको आयोजनामा आगामी पुसमा चितवनमा पाँच दिने गणित सम्मेलन हुने भएको छ ।

नेपाल गणित समाजको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयको सहकार्यमा आगामी पुस २६ देखि माघ १ गतेसम्म पाँच दिने ‘नेशनल कन्फरेन्स अन म्याथेम्याटिक्स एण्ड इट्स एप्लीकेसन्स्’ हुन लागेको हो ।

आयोजकका अनुसार पर्यटकीय नगरी चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा सम्मेलन आयोजना हुनेछ ।

सम्मेलनमा देशभित्रका तथा छिमेकी राष्ट्रहरुबाट समेत गरी गणित र गणितको प्रयोग हुने विभिन्न विधाहरूमा १०० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने आयोजकले बताएका छन् । सम्मेलनमा १५० भन्दा बढी गणितज्ञहरुको सहभागिता रहनेछ ।

सम्मेलनले नेपालमा गणितको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई टेवा पुर्‍याउने बताइएको छ । माघे संक्रान्तिमा नारायणघाटमा आयोजना हुने चितवन महोत्सवका साथै देवघाटमा लाग्ने धार्मिक मकर संक्रान्ति मेला यही समयमा परेकाले सम्मेलनले चितवनमा थप रौनक ल्याउने आयोजकको भनाइ छ ।

सम्मेलनमा उपस्थित सहभागीहरुलाई सौराहा भ्रमणका साथै परम्परागत थारु संस्कृति अवलोकन गराइने गणित समाजका एक सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment