Comments Add Comment

साहरुख र आलियाले बचाएको नोभेम्बर महिना

srk-and-aaliya
बलिउडका लागि यो बर्ष पनि उत्कृष्ट हुने संकेत देखिएको छैन । यो बर्ष केहि चलचित्रले बक्स अफिसमा उत्कृष्ट कारोवार गरेपनि धेरै चलचित्रले हावा खाए ।
अब, यो बर्ष सकिन एक महिना मात्र बाँकी छ । नोभेम्बर महिना बलिउडका लागि सन्तोषजनक रहन सकेन । यो बर्ष रिलिज भएका चलचित्रले बक्स अफिसमा ठूलो सफलता हाशिल गर्न सकेनन् ।

यो महिना सिक्वेल चलचित्रले खराव कारोवार गरेका छन् । ‘रक अन २ र तुम विन २’ बक्स अफिसमा निकै कमजोर बन्दा ‘फोर्स २’ले पनि गतिलो कारोवार गरेन ।
नोभेम्बर २५ मा रिलिज भएको गौरी सिन्धे निर्देशित चलचित्र ‘डीअर जिन्दगी’ले नोभेम्बर महिनालाई खराव हुनबाट जोगाएको छ ।

वुधबारसम्म ४४ करोडको कारोवार गर्दै यो चलचित्रले लगानी सुरक्षित गरिसकेको छ । साहरुख खान र आलिया भट्ट अभिनित यो चलचित्रले पहिलो दिनदेखि नै राम्रो व्यापार गर्‍यो ।

यी बाहेक अन्य चलचित्रका लगानी डुबे । यो बर्ष ‘फ्यान, मोहन्जे दारो, शिवाय’ जस्ता चलचित्रको व्यापार बम्पर हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment