Comments Add Comment

सुनिल र शैलजाको ‘बिहानी’ सार्वजनिक

album-bimochan
गायक सुनिल सिंह ठकुरी र शैलजा श्रेष्ठले ‘बिहानी’ एल्बम बजारमा ल्याएका छन् । गायक ठकुरीले श्रोताको चाहना अनुसार गीतसंगीत समावेश गरेर एल्बम बजारमा ल्याएको बताए । ‘घटना घट्यो’ जस्तो हिट गीतबाट ठकुरी नेपाली गीतसंगीतका पारखीहरुमाँझ चिनिएका थिए ।

यो एल्बममा ६ वटा गीत समावेश गरिएको छ । एल्बमको विमोचन नेपाल राष्ट्र बैंकका निर्देशक भिष्म उप्रेती, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले गरेका थिए ।

कार्यक्रममा ‘बिहानी’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरियो । यो गीतलाई शैलजा श्रेष्ठले लेखेकी हुन् । भिडियोमा उनकै मोडलिङ पनि छ । जीवन भट्टराइले उनलाई मोडलिङमा साथ दिएका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment