Comments Add Comment

रुपन्देहीमा आन्दोलनको औचित्य नरहेको मधेसी मोर्चाको टिप्पणी

एमालेले जनता भिडाउन खोजेको आरोप

madhesi-morcha-rupandehi

१९ मंसिर, भैरहवा । संविधान संशोधन गरी ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गरेको विरोधमा रुपन्देहीमा आन्दोलन चर्किरहेका बेला मधेसी मोर्चाले भने यो आन्दोलन औचित्यहीन भनेको छ ।

मधेसी मोर्चा रुपन्देहीले आइतवार भैरहवामा पत्रकार सम्मेलन गरी प्रदेश टुक्रयाउने बिधेयक विरुद्धको आन्दोलनले जिल्लामा साम्प्रदायिक दंगा गराउन खोजेको आरोप लगाएको छ । मोर्चाले आन्दोलनकारी विरुद्ध प्रतिकारमा उत्रिने चेतावनीसमेत दिएको छ ।

मोर्चाका संयोजक महेन्द्र यादवले एमालेको सहमतीमा दुई नम्बर प्रदेशमा पहाड नजोडिँदा समस्या नहुने तर ५ नम्बर प्रदेशमा पहाडलाई अलग गर्दा नाटकीय रुपमा आन्दोलन भइरहेको तर्क गरे ।

त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्माले रोल्पामा पानी पर्दा बुटवलमा छाता ओढ्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

रुपन्देहीलाई ५ नम्बर प्रदेशमै यथावत राखिएको भन्दै उनले पहाडी जिल्लाको आन्दोलन रुपन्देहीमा गर्नुको औचित्य नरहेको बताए ।

त्यस्तै मोर्चाको एक घटक सदभावना पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले आन्दोलनमा राष्ट्रिय झण्डा प्रयोग भइरहेकोमा दुःख व्यक्त गरे ।

तराई मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्रीनिवास यादवले एमालले जिल्लामा मुठभेठ गराउने खोजेको आरोप लगाए ।

मोर्चाका नेताहरुले उद्योगी व्यावसायी र शिक्षण संस्था सञ्चालकहरु नै आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्
रुपन्देही कांग्रेसले भन्यो- एमालेको आन्दोलनमा सहभागी नहुनू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment