Comments Add Comment

मलिकासँग सलिमानको होली(फोटो फिचरसहित)

बुधबार देशका पहाडी भूभाग तथा बिहिबार तराइका भूभागमा रंगहरुको पर्व होली मनाइदैछ । तर, चलचित्र ‘यात्रा’का कलाकारले भने होली खेलिसकेका छन् । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्रका कलाकारले एक आपसमा होली खेलेका हुन् ।

एकअर्कालाई रङ्ग तथा अविर लगाउदै फिल्म युनिटले होली मनाएको हो । नायक सलिनमान बनियाँसँगै डेब्यु गर्ल मलिका महत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल सापकोटा , निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ , निर्माता सुशील पोखरेल , प्रोडक्सन म्यानेजर मनोज जोशी , द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् ।

यो चलचित्रको टिमले वुधबार काठमाण्डौका विभिन्न स्थानमा पुगेर दर्शकसँग होली खेल्ने योजना बनाएको निर्माणपक्षले बताएको छ । नायक सलिनमान बनियाँले आफूलाई होली मनपर्ने भएपनि यसअघि आफ्नै सर्कलमा खेल्ने गरेको बताए । तर, यसपटक भने मिडिया र दर्शकसँग होली खेल्ने कुराले आफू उत्साहित भएको उनको भनाई छ ।

कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ताको रुपमा छन् भने बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे चलचित्रका सह–निर्माता हुन् । चलचित्रमा सुशिल पोखरेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment