Comments Add Comment

यस्तो बन्यो ‘समर्पण’को ट्रेलर

aasha-in-samaprpan
पौष १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘समर्पण’को ट्रेलर सार्वजनिक भएको छ । नेपाल तथा वंगलादेशमा छायांकन गरिएको यो चलचित्रले मित्रताको कथा भन्नेछ । चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् ।

फायर इन्टर प्राइजेज एण्ड मिडिया प्रालीको ब्यानरमा रोजन खनालको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई इमरान सिद्दिकीले निर्माण गरेका हुन् । यो चलचित्रमा कैलास तामाङ, रञ्जु शर्मा, रुविना शर्मा, अनु पराजुली, आशा भुषाल, रोजन रखाल, विश्व लामा,प्रयास लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा दिव्य सुवेदी, दिनेश वान्तवा, जयकुमार दलामी मगरको छायांकन, विश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापा ‘किम्भे’को सम्पादन तथा कुमार महर्जनको एक्सन, टंक वुढाथोकीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment