Comments Add Comment

अमर गिरीको समालोचना कृति

amar-giris-bookकाठमाडौं । अमर गिरी कविका साथै समालोचना विधान पनि कलम चलाउँदै आएका छन् । उनको समालोचना कृति ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ बजारमा आएको छ ।

साझा प्रकाशनले प्रकाशन गरेको कृतिमा समकालीन नेपाली कवितामा वैचारिक पाटोदेखि केही कविहरूको काव्यिक सन्दर्भ केलाइएको छ । कृतिभित्र ‘कविताको शक्ति र नेपाली कविता’, ‘समकालीन नेपाली कविता’, ‘समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना’, ‘समकालीन प्रगतिवादी नेपाली कविताको अन्तर्वस्तुमा वर्गद्वन्द्व’, आदर्शका प्रतीक पुरुष युद्धप्रसाद मिश्र’ लगायत दस समालोचना छन् ।

‘समकालीन’ साहित्यकार होइन, तिनका रचनामा ‘समकालीनता’ हुनुपर्छ भन्ने मान्यता राख्दै गिरीले सोही अनुसार कविताहरूको विश्लेषण गरेका छन् । एक सय ९२ पृष्ठको पुस्तकको मूल्य दुई सय ७० रुपैयाँ छ ।

यसअघि गिरीका ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौं’, ‘दुःसाध्य समय’ र ‘शब्दहरूका बीचमा’ कविताकृति तथा ‘समय, समाज र संस्कृति’ नामक पुस्तक प्रकाशित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment