Comments Add Comment

कपिलवस्तुको खरेन्द्रपुरमा पुरुषको शव फेला

३० मंसिर, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर जंगलमा एक पुरुषको शव फेला परेको छ ।

Death-bodyशिवराज नपा ३, स्थित सुपादेउराली मन्दिरदेखि करीब ५ सय मिटर पूर्व बेल नदी र जवाई खोलाको दोभानमा शव फेला परेको हो ।

नयाँवस्तीका स्थानीय घाँस काट्न जंगलमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको जानकारीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराई सहितको टोली घटनास्थल पुगेको थियो ।

फेला परेको शव सडेर कंकाल बनिसकेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । ‘शरीरको मासु सबै गलीसकेको, टाउको छुट्टएिको, कपाल समेत झरेको अवस्थामा कंकाल मात्र बाँकी थियो । हामीले पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाएका छौं ।’ इन्स्पेक्टर भट्टराईले भने ।

खैरो पाइन्ट, सेतो डोरा भएको सर्ट, कालो ज्याकेट, इष्टकोट लगाएको हेर्दा झण्डै ४५/५० वर्ष उमेरको जस्तो देखिने कंकालको सनाखत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment