+
+
Shares

लाइसेन्स प्राप्त हतियार मर्मत केन्द्रमा प्रहरी छापा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १२:३५

१५ चैत, काठमाडौं । नेपालगञ्ज बजारमा रहेको हतियार मर्मत गर्ने केन्द्रमा प्रहरीले छापा मारेको छ । शुक्रबार दिउँसो नेपालगञ्ज-५ का जंगबहादुर नेपालीको हतियार मर्मत केन्द्रमा छापा मारिएको हो ।

बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले घटनाको पुष्टि गरेका छन् । यद्यपि, नेपालीले लाइसेन्स लिएर हतियार मर्मतको काम गर्दै आएको उनले जनाए । ‘अनुसन्धानका लागि वडा प्रहरी कार्यालयको टोली त्यहाँ गएको हो’, पौडेलले अनलाइनखबरसँग भने, ‘लाइसेन्स नविकरण भएको छरछैन देखि लिएर अन्य विभिन्न विषयको अनुसन्धानपछि मुद्दा चलाउने वा छाड्ने भन्ने निक्र्याैल हुन्छ ।’

उनको मर्मत केन्द्रबाट केही थान हतियार र हतियार बनाउने सामग्री पनि बरामद गरिएको बताइएको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लागेपछि प्रहरीले अवैध हतियारको खोजतलासलाई तीब्रता दिएको छ ।

त्यसक्रममा लाइन्सेस प्राप्त हतियारमाथि पनि निगरानी बढाइएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर ३५ दिनभित्र अवैध हतियार फिर्ता गर्न आग्रह गरिसकेको छ । यो अवधिमा हतियार फिर्ता गरे कानुनी कारबाही नहुने बताइएको छ ।

विप्लव समूहले अवैध हतियारको आडमा आतंक मच्चाएको निष्कर्षसहित सरकार अवैध हतियार नियन्त्रणको अभियानमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?