Comments Add Comment

छोरी सुहानाको सफलता कुर्दै आमा झरना

केही दिन अगाडि आयोजित चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रममा निर्देशक झरना थापाले छोरी सुहाना थापाको करिअरलाई लिएर मन छुने कुरा गरिन् । झरनाले भनेकी थिइन्–‘मैले यो चलचित्रबाट छोरीलाई डेब्यू गराउँदैछु । आजबाट मैले मेरी छोरी सुहानालाई तपाइहरुमाझ छाड्दैछु । जसरी, एउटा स्कुलमा एउटा अभिभावकले आफ्नो बच्चालाई लिएर जान्छ र त्यहाँ छाड्छ । उ राम्रो र योग्य मानिस बनोस् भनेर उसले स्कुलमा छाडेर जान्छ ।’

झरनाको भावना यतिमात्र मात्र रोकिएन । उनले छोरीको बारेमा भनिन्–‘मैले मेरी छोरीलाई म हिडेको बाटोमा लिएर आएकी छु । मैले मेरी छोरी सुहानालाई तपाइहरुमाझ छाड्दैछौ, अब तपाइहरुको आर्शिवादको आवश्यकता छ ।’

उनले चलचित्र हेरिसकेपछि छोरीको कामलाई दर्शकले मन पराउने दाबी गरिन् । उनले आफूले दर्शकको मनमा छाप छाडेको भन्दै छोरीले पनि त्यस्तै छाप छाड्ने विश्वास समेत व्यक्त गरिन् । झरनाको बोलीमा छोरीप्रतिको माया र करुणा थियो । सायद, यो कुरा सुहानाले पनि महशुश गरेको हुनुपर्छ ।

झरनाको यो बोलीमा छोरीको करिअरप्रतिको चिन्ता र उनीप्रतिको विश्वास स्पष्ट झल्किएको थियो । झरनाले छोरी सुहानालाई चलचित्र क्षेत्रमा अहिले नै ल्याउने सोच बनाएकी थिइनन् । तर, झरनाको सोच भन्दा अगाडि नै सुहाना नायिका बनेकी छिन् ।

छोरीको करिअरको चिन्ताले झरनालाई सताउन थालेको प्रष्ट हुन्छ । अर्कोतिर, सुहाना पनि आफ्नी आमाले पाएको सफलता आफूले पाउन सक्छु या सक्दिन भन्नेमा चिन्तित देखिएकी छिन् । झरना र सुहानाको यो माया लोभलाग्दो छ । दर्शकले ‘ए मेरो हजुर ३’लाई मन पराइदिएको खण्डमा झरना र सुहानाको अनुहारमा नयाँ चमक आउने पक्का छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment