Comments Add Comment

इन्स्टाग्राममा आलियाः ३ करोड फलोअर्स, फिल्मको प्रचार धेरै

बलिउडका कलाकारका लागि आफ्नो फ्यानसम्म पुग्ने राम्रो माध्यम बनेको छ, इन्स्टाग्राम । इन्स्टाग्राममा उनीहरुलाई पछ्याउनेको संख्याको आधारमा पनि उनीहरुको क्रेज मापन गर्न सकिन्छ । चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेकी नायिका आलिया भट्ट अहिले इन्स्टाग्राममा सर्वाधिक रुचाइएकी नायिका हुन् ।

उनले हरेक दिन आफूलाई इन्स्टाग्राको माध्यमबाट फ्यानसँग जोडिरहेकी छिन् । आलियाको इन्स्टामा ३ करोड फलोअर्स पुगेका छन् । बुधबार ३ करोड फलोअर्स पुगेपछि आलियाले आफ्नो करिअरको सुरुवातदेखि आजसम्मको भिडियो अपलोड गरेर फ्यानलाई धन्यवाद दिएकी छिन् ।

आलियाले यो साता इन्स्टाग्राममा १० वटा पोष्ट सेयर गरेकी छिन् । उनी अभिनित ‘कंलक’को ‘फस्ट क्लास’ गीतदेखि टाइटिल गीत छिट्टै आउने जानकारीसम्म उनले इन्स्टामा दिएकी छिन् । पछिल्लो एक साता उनको इन्स्टामा अपडेट भएका तस्विरहरु हेर्दा उनले चलचित्रसँग सम्बन्धित कुराहरु बढी पोस्ट गरेकी छिन् । उनले फ्रुटीको एउटा विज्ञापन पनि सेयर गर्न भ्याएकी छिन् ।

आलियाको इन्स्टामा सेयर भएका पोस्टहरुमा लाइक गर्नेहरुको संख्या पनि लोभलाग्दो हुन्छ । उनले सेयर गरेको पोस्टहरुमा १० लाख भन्दा माथि त लाइक मात्रै आउने गर्छ । आलियाले ३ करोड पुगेको खुसीमा धन्यवाद सहित सेयर गरेको भिडियोमा पनि ३७ लाख बढि लाइक आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment