Comments Add Comment

याहुको ह्याकिंगबाट एक अर्ब अकाउन्ट प्रभावित

yahoo

इन्टरनेट कम्पनी याहुले सन् २०१३ को ह्याकिंगको घटनामा एक अर्ब भन्दा धेरै याहु प्रयोगकर्ताको अकाउन्ट प्रभावित भएको हुनसक्ने जनाएको छ ।

साथै सेप्टेम्बरमा खुलासा गरिएको ह्याकिंगको घटनाभन्दा यो मामिला फरक हुनसक्ने याहुले बताएको छ ।

ग्त सेप्टेम्बरमा याहुले वर्ष सन् २०१४ मा याहु प्रयोगकर्ताका झण्डै ५० करोड अकाउन्ट ह्याकिंगबाट प्रभावित भएको खुलासा गरेको थियो ।

त्यसमा प्रयोगकर्ताको नाम, फोन नम्बर, पासवर्ड तथा इमेल लगायतका जानकारीहरु ह्याकरहरुले चोरी गरेको याहुले जनाएको थिया तर बैंक तथा भुक्तानी सम्बन्धी डाटाहरुलाई छाडिएको थियो ।

ह्याकिंगको बारेमा पत्ता लागिसकेपछि कम्पनीले पुलिस तथा सरकारी अधिकारीहरुसँग मिलेर छानविनको काम गरिरहेको याहुको भनाई छ ।

सन् २०१४ को ह्याकिंगको घटनामा कुनै देशका लागि काम गर्ने ह्याकर समूहको संलग्नता रहेको हुनसक्ने याहुले बताएपनि ह्याकर समूह कुन देशको हो भन्ने चाहीँ पत्ता लागेको छैन ।

ह्याकिंगको नयाँ घटनापछि याहुलाई ४ अर्ब ८० करोड डलरमा खरीद गर्ने भर्जन मोबाइल कम्पनीको प्रस्तावित निर्णयमा पनि प्रश्नचिन्ह उठ्ने देखिएको छ ।

भर्जन कम्पनीले याहु खरीद गर्ने प्रस्तावलाई संसोधन गर्ने वा सम्झौता नै रद्द गर्नसक्ने सम्भावना छ ।

परिस्थितिको पूर्णरुपेण मूल्यांकन गरिसकेपछि मात्र निर्णयमा पुग्ने भर्जन कम्पनीले जनाएको छ ।

साथै याहुले आफ्ना प्रयोगकर्तामा एक अपिल जारी गर्दै अकाउन्टको पासवर्ड र सुरक्षा सम्बन्धी प्रश्न परिवर्तन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment