Comments Add Comment

युरोपमा गुगललाई तेस्रो झट्का, युरोपेली आयोगले गर्‍यो पौने २ खर्ब जरीवाना

युरोपेली युनियनको प्रतिस्पर्धा आयोगले इन्टरनेट दिग्गज गुगलमाथि बजारमा स्वस्थ प्रतिस्पर्धालाई दखल पुर्याउने अनुचित व्यवहार गरेको भन्दै पौने दुई खर्ब रुपैयाँ बराबरको रकम जरीवाना गरेको छ ।

अनलाइन विज्ञापनमा आफ्नो मजबुत स्थितिलाई दुरुपयोग गरेको अभियोगमा गुगलमाथि १ अर्ब ६८ करोड डलर जरीवाना गरिएको हो ।

प्रतिस्पर्धा नियमको उल्लंघन गरेको आरोपमा गुगलमाथि युरोपेली युनियनले जरीवाना लगाएको यो तेस्रोपटक हो ।

युरोपेली संघका प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेगरले बुधबार ब्रसेल्समा पत्रकार सम्मेलन गरी गुगलको एडसेन्स विज्ञापन कारोबारका विषयमा लामो समयदेखि चल्दै आएको अनुसन्धानको परिणामका बारेमा जानकारी दिइन् ।

उनका अनुसार गुगलले एडसेन्स प्लेटफर्मको साटो ब्रोकरको उपयोग गरिरहेका वेबसाइटहरुलाई रोक्नका लागि आफ्नो मजबुत स्थितिको दुरुपयोग गरेको छ ।

युरोपेली आयोगले गुगल र यसको मातृ कम्पनी अल्फाबेटले युरोपेली संघको प्रतिस्पर्धा निरोधक नियमको उल्लंघन गरेको छ । गुगलले एडसेन्सको उपयोग गर्ने वेबसाइटहरुसँगका अनुबन्धमा प्रतिबन्धात्मक व्यवस्था गरेको र त्यसबाट प्रतिस्पर्धी कम्पनीहरुलाई आफ्नो विज्ञापन ती वेबसाइटमा दिनबाट रोकिएको छ ।

माइक्रोसफ्टले सन् २००९ मा युरोपेली प्रतिस्पर्धा आयोगमा गुगल विरुद्ध उजुरी गरेको थियो । सन् २०१६ मा आयोगले यो मामिलाको छानविन सुरु गरेको थियो ।

स्मरण रहोस् गतवर्ष युरोपेली प्रतिस्पर्धा आयोगले गुगलमाथि ४.३४ अर्ब युरो जरिवानाको निर्णय गरेको थियो । त्यस्तै सन् २०१७ मा अनलाइन सपिंग सर्चको परिणामसँग सम्बन्धित मुद्दामा गुगलमाथि २ अर्ब ४२ करोड युरो जरिवाना गरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment