+
+
Shares

प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते ६:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ, जहाँ सभामुखले प्रधानमन्त्रीको कार्यभारसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको बेहोरा पढेर सुनाउनेछन्।
  • प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका गएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको पत्रमा उल्लेख छ।
  • बैठकमा फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ र नागरिक लगानी कोष तथा भुक्तानी र फस्र्यौटसम्बन्धी विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची छ।

७ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको बेहोरा राष्ट्रपति कार्यालयको पत्रमा छ ।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ ’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

यस्तै, अर्थमन्त्री डा. वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन ) विधेयक, २०८३’ र भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।

त्यस्तै, कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची मा उल्लेख छ ।

यस्तै, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक पनि बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?