Comments Add Comment

इदमा सलमान र अक्षयको महाभिडन्त

हरेक वर्षको इदमा सलमान खानको नयाँ चलचित्र रिलिज भइरहेको हुन्छ । इदमा अरु कलाकारले चलचित्र रिलिज गर्ने हिम्मत नै गर्न सक्दैनन् । यो वर्षको इदमा सलमान खान अभिनित चलचित्र ‘भारत’ रिलिज हुँदैछ ।

अर्को वर्ष अर्थात् सन् २०२० को इदका लागि सलमान खानले नयाँ चलचित्र घोषणा गर्नुपूर्व नै अक्षय कुमारको ‘सुर्यवंशी’ले उक्त मितिमा रिलिज गर्ने घोषणा गर्यो । तर, यो मितिमा सलमान खानको नयाँ चलचित्र पनि रिलिज हुने पक्का भएको छ ।

उक्त मितिमा सलमान खान अभिनित चलचित्र ‘इन्साअल्ला’ रिलिज हुनेछ । संजयलीला भन्सालीको निर्देशनमा बन्ने यो चलचित्रमा सलमान र आलिया भट्टको मुख्य भूमिका रहनेछ । संजयलीला भन्सालीको चलचित्र भएका कारण र आलिया र सलमानको जोडी पर्दामा देख्न पाइने भएका कारण यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

त्यस्तै, ‘सिम्बा’ निर्देशक रोहित सेट्ठीले निर्देशन गर्ने ‘सुर्यवंशी’ पनि निकै चर्चामा रहेको चलचित्र हो । यो चलचित्रमा अक्षय कुमार र ज्याक्लिन फर्नान्डेजको मुख्य भूमिका रहनेछ । यस अर्थमा सन् २०२० को इदमा दुई ठुला व्यानरमा निर्माण भएका चलचित्रको प्रतिष्पर्धा हुने पक्का छ । दुई चलचित्र एक साथ रिलिज हुनाले दुबैको व्यापारलाई असर गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment