Comments Add Comment

रुपन्देहीका ईंटा उद्योगीले भने- हामी असुरक्षित भयौं

५ पुस, भैरहवा । रुपन्देहीका ईंटा उद्योगीहरुले आफूहरु असुरक्षित भएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । लुम्बिनी ईंटा उद्योग व्यवसायी संघको कार्यसमिति सदस्यसमेत रहेका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि उनीहरुले असुरक्षित महसुस गरेको बताएका हुन् ।

संघका अध्यक्ष थानेश्वर घिमिरेले मंगलबार विज्ञप्ती निकालेर युवा तिवारीको हत्या भएको र सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरिएको घटनाले असुरक्षित महसुस भएको उल्लेख छ ।

संघले तिवारीको हत्याको भ्रत्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न मागसमेत गरेको छ ।

यसैबीच अखिल नेपाल महिला संघ रुपन्देहीले पनि तिवारीको हत्यामा खेद प्रकट गरेको छ । हत्याको पछाडि विशुद्ध राजनीतिक कारण भएको भन्दै महिला संघले हत्यारालाई अबिलम्व गिरफ्तार गरी कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

अनेमसंघकी रुपन्देही अध्यक्ष उमा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लामा बढिरहेको असुरक्षा र आपराधिक गतिविधि अविलम्ब नियन्त्रण गरी सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासन लगायत सरकार समक्ष माग गरिएको छ ।

press-release

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment