Comments Add Comment

पृथकतावादीले छाने राष्ट्रवादी बिरालो

rochak-biraloयुक्रेनको कथित बिखण्डित क्षेत्रका पृथकतावादीहरुले राष्ट्रवादी विरालो छनौट गर्ने प्रतियोगिताको आयोजना गरेका छन् ।

युक्रेनबाट आफू स्वतन्त्र भएको घोषणा गर्ने लुहान्स्क पिपुल्स रिपब्लिक क्षेत्रमा संचालित पिस टू लुहान्स्क जन अभियानका रुस समर्थक अधिकारीहरुले राष्ट्रवादी बिरालो छान्ने प्रतियोगिताको आयोजना गरेका हुन् ।

त्यस क्रममा स्वघोषित देशको राष्ट्रिय झण्डाको पहिरनमा आ-आफ्नो बिरालोलाई सजाएर ल्याउन स्थानीय बासिन्दाहरुलाई भनिएको थियो । भण्डै १ सय बिरालो सहभागी भएको प्रतियोगिताबाट ५ बिरालोहरु अन्तिम राउण्डमा पुगे । त्यसमध्ये पुशोक नामक बिरालो सैन्य पोसाकमा भ्लादमिर पुटिनको पोस्टर अगाडि तस्वीर खिचाइरहेको थियो ।

झण्डै ४५ सय मानिसहरुले अनलाइनमार्फत गरेको भोटिंगका आधारमा स्टाखानोभ सहरको टिमा नामक बिरालो देशको सबैभन्दा राष्ट्रवादी बिरालो ठहरिँदै ५ हजार रुबेल पुरस्कार पायो । उसले १५८४ भोट पायो । राष्ट्रवादी रंगमा छाते टोपी, रिबन तथा टाइमा सजिएको उक्त बिरालो लुहान्सको राष्ट्रिय झण्डामा लेटेको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment