Comments Add Comment

रेखासँग आयुष्मानको जोडी, ‘तिमी बिना’को भिडियो यस्तो बन्यो

rekha-and-aausman
गायिका रेखा शाहको स्वरमा सजिएको आधुनिक गीत ‘तिमी बिना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकर्मी चण्डीप्रसाद काफ्ले, मनोविद् करुणा कुवँर तथा निर्देशक नितिनकुमार चन्दले लोकार्पण भिडियो सार्वजनिक गरेका हुन् ।

मुम्बइको यसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने शब्द भूपेन्द्र खड्काले लेखेका हुन् । सार्वजनिक गरिएको भिडियोको निर्देशन नितिनकुमार चन्दले गरेका हुन् ।

भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसँगै गायिका रेखा शाह आफैले मोडलिङ गरेकी छिन् । यस अघिका आफ्ना गीतहरुमा पनि उनको अभिनय रहेको थियो । यो गीतमा गौरव डोगान्करको स्वर पनि सुन्न पाइन्छ । डोगान्कर बलिउडका प्रसिद्ध गायक तथा संगीतकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment