Comments Add Comment

टी टकः दयाहाङकि हिरोइन बन्न मन छः आशिका तामाङ

ashika-tamang
पेशाले नर्स हुन् आशिका तामाङ । चलचित्र ‘सुश्री’मा अभिनय गरेकि आशिकाले अभिनय गरेर जस पाउन सकिनन् । उनको अभिनयप्रतिको मोह सेलाएको छैन । आगामी दिनमा राम्रो कम्पनिको चलचित्रमा अभिनय गर्ने योजनामा रहेकि आशिका घुमफिरमा निकै रमाउँछिन् । उनै नायिकासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कतिबजे उठ्नुहुन्छ ?
६ बजे उठीसक्छु ।

उठेपछि के गर्नुहुन्छ ?
दुई घण्टाजति जीम जान्छु । मर्निङवाक जाने वानी छैन ।

चिया कतिबजे पिउनुुहुन्छ ?
बिहान उठ्ने बित्तिकै एक कप कलो चिया पिउँछु ।

कफि ?
कफी र दुध हालेको चिया मलाइ मन पर्दैन ।

ब्रेकफाष्ट के खानुहुन्छ ?
ब्रेकफाष्ट खासै खान्न । खाएको बेला उसिनेको अण्डा खान्छु ।

भान्साको काम कत्तिको गर्नु हुन्छ ?
मलाई खासै जाँगर लाग्दैन । जागर चल्दा चिकेन करी बनाउँछु । मैले बनाएको चिकेन करी निकै मिठो हुन्छ ।

के काम गर्दा रमाईलो लाग्छ ?
मलाई घुम्न निकै रमाईलो लाग्छ । अब केहि दिनमा युरोप टुरमा जाने योजनामा छु ।

तपाई नर्स होइन, त्यति लामो छुट्टी मिल्छ ?
अँ मिल्छ, बार्‍है महिना काम गर्न पर्दैन । बर्षमा एक महिना घुम्ने छुट्टी पाइन्छ ।

रमाइलो कहाँ जाँदा हुन्छ ?
आफ्नै गाउँ मलेखु जाँदा रमाइलो लाग्छ । मलेखु पुगेपछि फ्रेस हुन्छु ।

पहिलो चलचित्र त असफल भयो । अबको फिल्मी यात्रा ?
अब विचार गरेर मात्रै चलचित्र गर्छु । अलि राम्रो कम्पनिको चलचित्रमा काम गर्नुपर्ला ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
खासै चलाउदिनँ । कतै घुम्न गएको बेला मात्र चलाउँछु ।

ब्लक कतिलाई गर्नु भयो ?
पुग्यो होला दुइसय जति । अनावश्यक कमेन्ट र म्यासेज गर्नेलाई ब्लक गरिदिन्छु ।

मन पर्ने हिरो को हो ?
धेरै छन्, दयाहाङ राई विषेश मन पर्छ ।

दयाहाङको हिरोइन बन्ने मन छ हैन त ?
एक पटक सँगै काम गर्ने कुरा पनि भएको थियो । हेरौं के हुन्छ ।

सपना कत्तिको देख्नु हुन्छ ?
कुनै समय सबैभन्दा धेरै सपना देख्ने मै होला जस्तो लाग्थ्यो । सपनामा उडेको धेरै पटक देखेकी छु ।

ऐना अगाडी उभिँदा कस्तो लाग्छ ?
ठीकै । हाइट थोरै भएकी केटि जस्तो लाग्छ ।

तपाइको राम्रो बानी ?
सहयोगी छु । मलेखुमा एउटा अनाथ आश्रम छ । हरेक वर्ष नेपाल आएको समयमा अनाथालयमा केहि सहयोग गरेर जाने गरेकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment