Comments Add Comment

सरकारको कदममा साथ नदिने तमलोपाको चेतावनी

संसद बैठकमा अवरोध नगर्न एमालेलाई आग्रह

tamalopa-party-office-bijulbajar

१३ पुस, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान संशोधन नभए सरकारको कुनै पनि कदममा साथ नदिने चेतावनी दिएको छ । तमलोपाले संसद बैठक अवरोध नगर्न पनि विपक्ष एमालेसहितका दलहरुलाई आग्रह गरेको छ ।

पार्टीको नवौं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै तमलोपा उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा नलगे संविधान पनि कार्यान्वयन नहुने चेतावनी दिए । संविधान संशोधनलाई पारित गरेर चुनावको वातावरण बनाउनुपर्ने भन्दै उनले संसद बैठक अवरोध नगर्न विपक्ष एमालेसहितको गठबन्धनलाई आग्रह गरे ।

‘संविधान संशोधन प्रस्तावमा आवश्यक परिमार्जनमार्फत् पारित गर्नुपर्दछ हाम्रो धारणा यही हो,’ तमलोपा उपाध्यक्ष त्रिपाठीले भने, ‘परिमार्जनसहित पारित गरौं, देशलाई चुनाबतिर लैजाऔं । संविधान संशोधन प्रस्ताव थाति रह्यो भने संविधान पनि थाति रह्यो भन्ने बुझे हुन्छ ।’

संविधान संशोधन प्रस्ताव परिमार्जन भए निर्वाचनमा जान आफूहरु तयार हुने उनले स्पष्ट पारे । सहअध्यक्ष त्रिपाठीले संविधान संशोधन प्रस्ताव परिमार्जन नभएसम्म सरकारले अघि बढाउने कुनै पनि कदममा साथ नदिने चेतावनी दिए ।

उनले भने, ‘सबै समुदायको माग सम्बोधन नभएसम्म हामी मन, बचन र कर्मले आन्दोलनमा लागि रहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment