Comments Add Comment

साउदी अरबको जेद्धामा मनाइयो तमु ल्होसार

lhosar-saudi-arab

जेद्धा । बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको पश्चिम क्षेत्रमा रहेका तमुहरूले आˆनो भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्न अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि तमु ल्होसार मनाएका छन् ।

नेपाली पात्रो अनुसार पुस १५ का दिन इम्पाला गार्डेन रेस्टुरेन्ट हलमा आयोजना गरिएको ल्होसार कार्यक्रम विभिन्न परम्परागत एवम् सांस्कृतिक महत्वलाई प्रश्रय दिइ ल्होसार मनाइयो ।

तमु धीं जेद्दाका अध्यक्ष बुद्धीलाल तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी महावाणिज्य दूतावास जेद्दाका कार्यवहाक महावाणिज्यदूत रेवती रमण पौडेल लगायतको उपस्थिति थियो ।

प्रा ल्हो अर्थात बाँदर वर्गको बिदाई र च्हे ल्हो अर्थात चरा वर्गलाई स्वागत गरी मनाइएको तमु ल्होसार कार्यक्रममा लामा कृष्ण तमुबाट तमुशास्त्रमा उल्लेखित मन्त्रोच्चारण साथै प्रमुख अतिथि तथा सभापतिवाट संयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रम सुरू गरिएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार भीमबहादुर तमुले नेपालमा गुरूङ जातिको उत्पति, परापूर्वकालदेखि वसोवास गर्दै आएको उद्गम स्थल, तमु जातिहरूले लगाउने भेषभुषा तथा वासोवासका निमित्त प्रयोग गरिने पुरातन शैलीका घरहरू लगायत अन्य समुदाय सम्बद्द तमु पहिचानका धरोहरहरूलाई पि्रजेन्टेसन मार्फत प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथी पौडेलले प्रवासको ठाउँमा रहेर तमु समुदायले आˆनो एकल जातिय मात्रै नभएर सम्पूर्ण नेपालको राष्ट्रिय एवं सांस्कृतिक महत्व राख्ने अन्य पर्वहरूमा समान भूमिका निर्वाह गर्दै आˆनो मौलिक संस्कृति जीवन्त राख्न खेलेको भूमिकाको प्रशंसा गरे ।

प्रथम चरणको औपचारिक कार्यक्रमलाई समापन गर्दै सभपति बुद्दीलाल तमुले तमु समुदायको मौलिक पर्वमा सवै समुदायको समान भावना जोडिएको प्रति सबैमा आभार व्यक्त गरे ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रमका संयोजक तथा लोक गायक धनबहादुर तमुको अगुवाइमा ख्यातिप्राप्त कलाकारहरू खिम तमु, राजन तामाङ, सुपि्रम गोले, खोविन तमु, राजु तमु, गणेश तमु, सुरेन तमु, अर्जुन तमु, प्रेम पुन, बिनोद न्यौपाने, बिकाश थापा, शिव गौतम, आनन्द कार्की, सिम्रन मगर, सबिना खादी र पुजा सरगमले संगीतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा दुई दशकदेखि साउदी अरवमा रहेका तमु समुदायको मात्रै नभएर सिंगो नेपाली समुदायमा प्रतिष्ठित व्यक्तित्व बेदकुमार तमुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment