Comments Add Comment

समता माइक्रोफाइनान्सको आइपीओ खुल्यो

१९ पुस, काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक सय अंकित दरका ९४ हजार आठ सय कित्ता सेयर निष्कासन गरेको छ । यसमध्ये एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीको लागि र ४ हजार ७ सय ४० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले ८८ हजार कित्ता सेयरको लागि मात्र आवेदन दिन पाउँने छन् ।

लगानीकर्ताले न्युनत्तम ५० देखि अधिकत्तम पाँच सय कित्ता सेयरको माग गर्न पाउँने छन् । सेयर निष्कासन खुला पुस १९ गतेदेखि शुरु भएर पुस २२ गतेसम्म हुनेछ । यो अवधिमा पनि सेयर बिक्री नभएमा माघ ४ गतेसम्म समय थपिने भएको छ । कम्पनीको सेयरको आवेदन फारम एनआइबीएल क्यापिटल लाजिमपाट, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय, भिबोर क्यापिटल, सिआइबीएल क्यापिटल, गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सिनर्जी फाइनान्स, हाम्रो बिकास बैंक, साझा बिकास बैंक लगायतबाट पाइने छ । हाल तीन करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर जारीपछि यो पुँजी तीन करोड १६ लाख रुपैयाँ पुग्ने छ । कम्पनीले आगामी तीन वर्षमा चुक्ता पूँजी रकम शतप्रतिशत वृद्धि गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ । यसोभएमा लगानीकर्ताले तीन वर्ष नपुग्दै एक सय प्रतिशतसम्म बोनस तथा हकवप्रद सेयर पाउने सम्भावना छ ।

६२ लाख रुपैयाँ मुनाफा रहेको कम्पनीले चालु आवअन्त्यसम्ममा एक करोड १६ लाख रुपैयाँ नाफा कमाउन सक्ने प्रक्षेपण गरेको छ । आव २०७२/७३ अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ३४ रुपैयाँ रहेको छ । यही दर कायम रहन सकेमा लगानीकर्ताले सेयर सूचीकरणभएसँगै एक सय ३४ देखि चार सय दुई सम्ममा पहिलो कारोबार गर्न पाउने अवस्था बन्ने छ । कम्पनीको जगेडा कोषमा ७५ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीले निक्षेपमा औसत सात प्रतिशत र कर्जामा १६ प्रतिशत व्याज दर लगाइरहेको छ । कम्पनीको अध्यक्षमा डम्मरमणी थेवे रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment