Comments Add Comment

एक साताभित्र स्ववियु चुनावको तालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

हार्ने डरले केही संगठन चुनाव भाँड्न लागिसकेः नविना लामा

akhil-pressmeet

२१ पुस, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एक साताभित्र स्तन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अखिल अध्यक्ष नविना लामाले फागुन १४ मा चुनाव गर्ने भनिए पनि अब समय धेरै बाँकी नरहेकाले एक साताभित्र निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने बताइन् ।

चुनाव सम्पन्न हुन नदिने षडयन्त्र भइरहेको भन्दै अनेरास्ववियुले समयमै निर्वाचन गराउन सघाउने प्रतिबद्धता समेत जनाएको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा नपर्ने डरले कतिपयले फेरि पनि फागुन १४ मा चुनाव हुन नदिने प्रयास गरिरहेको लामाले बताइन् ।

यसअघि पनि पटक-पटक स्ववियु निर्वाचनको मिति तोकिएर केही संगठनले हार्ने डरका कारण चुनाव हुन नदिएको आरोप अखिलले लगाएको छ । अहिले पनि त्यहि नियती दोहोरिन नदिन सजग हुनुपर्ने अखिल महासचिव ऐन महरले बताए । उनले स्ववियु निर्वाचनले अन्य निर्वाचनका लागि ढोका खोल्ने दावी समेत गरे ।

अखिलले स्ववियु निर्वाचन परम्परागत प्रणालीबाट होइन विद्युतीय प्रणालीबाट मतदान गराउन समेत माग गरेको छ ।

त्रिवि सिनेटको बैठकले बुधवार फागुन १४ गते स्ववियु निर्वाचन गर्ने र उमेर हद २८ वर्ष कायम गर्ने निर्णय गरेको थियो । त्रिविका क्याम्पसहरुमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment