Comments Add Comment

विदेशमा सञ्जाल विस्तार तीव्र पार्दै बुम रेमिट्यान्स

boom-remit

२४ पुस, काठमाडौं । बुम रेमिट्यान्स प्रालिले विदेशमा सञ्जाल बिस्तारलाई तीव्रता दिने भएको छ । शनिवार सम्पन्न कम्पनीको सातौं बार्षिक साधारण सभामा कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले यस्तो जानकारी दिएका हुन् ।

माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको कम्पनीले चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने भएको हो । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् ।

बुम रेमिटले विभिन्न बैंकहरूसँगको सहर्कायमा नेपाली कामदारहरूले विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको पनि पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment