Comments Add Comment

दुबईमा अलपत्र चार नेपालीको उद्धार

dubai२६ पुस, काठमाडौं । रोजगारका लागि विदेशमा जाँदा अलपत्र परेका चार जनाको उद्धार गरिएको छ ।

गत असोजमा दुबईमा पुगेर अलपत्र परेका महोत्तरी साँढाका वीरेन्द्र सहनी, रविन्द्र सहनी र धमानीकुमार सहनीलाई नेपाल प्रहरीको अपराध महाशाखाको पहलमा उद्धार गरिएको हो । उनीहरुलाई दुबईको पाँचतारे होटलमा जागिर लगाइदिन्छु भनेर दलालले अलपत्र पारेका थिए ।

सम्झौता अनुसार काम नदिएको, समयमा तलब नपाएको र बिरामी हुँदा पनि काममा लगाएको भन्दै उनीहरुले उद्धारका लागि आग्रह गरेका थिए । अपराध महाशाखामा सम्पर्क गरेर उनीहरुले उद्धार गर्न आग्रह गरेपछि प्रहरीले दुबईस्थित नेपाली दूतावासको समन्वयमा तीनै जनालाई नेपाल फर्काएको हो ।

यस्तै, दुबईमै कठिन अवस्थामा काम गरिरहेकी नवलपरासीकी मालती ठकुरीलाई पनि अपराध महाशाखाले नेपाल फर्काएको छ । बिरामी परेर घर र्फकन्छु भन्दा पनि कम्पनीले जबर्जस्ती रोकेपछि ठकुरीकी आफन्तले अपराध महाशाखा पुगेर उनलाई फर्काउन आग्रह गरेकी थिइन् । सोही उजुरीका आधारमा अपराध महाशाखाले ठकुरीलाई घर फर्काएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment