Comments Add Comment

लण्डनमा ‘कलिउड सिनेमा अवार्ड’ हुने

kollywood-cinema-award-4
नेपाली चलचित्रका अवार्डलाई विदेशी भूमिका पुर्‍याउन सफल चलचित्रकर्मी मनोज केसीले अब लण्डनमा अवार्ड आयोजना गर्ने भएका छन् । यसअगाडि, चलचित्र प्राविधिक संघको नेतृत्वमा रहेर उनले मलेसिया, हङकङ र कतारमा अवार्ड आयोजना गरेका थिए ।

प्राविधिक संघको नेतृत्वबाट बाहिर बसेपछि मनोजले यसैबर्ष ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ दुबइमा आयोजना गरेका थिए । अब, केसीले आफ्नो कम्पनी ‘संगिक्षा फिल्मस्’को तर्फबाट लण्डनमा ‘सातौ कलिउड सिनेमा अवार्ड’ आयोजना गर्न लागेका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको बारेमा जानकारी दिइएको छ ।

संगिक्षा फिल्मस्को आयोजना र लण्डनको थर्ड आइको सहकार्यमा यो अवार्ड आयोजना हुन लागेको हो । कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले नेपाली चलचित्रको विकास र विस्तारका लागि अवार्ड गर्न लागेको बताए । नेफ्टामा आफू आएपछि ‘कलिउड सिनेमा अवार्ड’को श्रृङ्खलालाई रोकेर ‘नेफ्टा अवार्ड’ आयोजना गरेको बताउँदै मनोजले अब रोकिएको अवार्डलाई निरन्तरता दिने बताए । kollywood-cinema-award-2
उनले यसलाई नेफ्टासँगको फुटको रुपमा नवुझ्न पनि सबैसँग आग्रह गरे । यस्तै, लण्डनको ‘थर्ड आइ’का सदस्यमध्येका एक अजय राइले अवार्डलाई भव्य बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए । उनले, अवार्ड स्क्यान्डल मुक्त होस् भन्ने कामना पनि गरे । नेपाल आयोजकसँग उनले आग्रह गरे-‘यो अवार्ड भैसकेपछि लण्डनमा नेपाली चलचित्रको वृद्धि र विकास अझ होस् भन्ने हामी चाहन्छौ । कुनै, जाती, धर्म र राजनीतिलाई बोकेर लण्डन नआउन म आयोजक र चलचित्रकर्मीलाई आग्रह गर्दछु ।’

यस्तै, लण्डनबाट आएका संसरा मनी ट्रान्सफरका संचालक राजाराम गिरीले भने-‘बरु अवार्डका लागि समय लिनुहोस् । तर, नेपाली चलचित्रलाई मजबुत बनाएर लण्डनमा अवार्ड गर्दा राम्रो हुन्छ ।’

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता केशव भट्टराई, नायक निखिल उप्रेती, सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटा लगायतले अवार्ड सफलताको शुभकामना दिएका थिए ।

करिब १५ विधामा अवार्ड वितरण गर्ने तयारी गरेको मनोजले जानकारी दिएका छन् । मे महिनामा अवार्ड गर्ने तयारी नेपाल र लण्डन पक्षका आयोजकले गरेका छन् । कार्यक्रममा नेपालका चर्चित कलाकार र गायक-गायिकाको प्रस्तुतीले अवार्ड भव्य हुने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment