Comments Add Comment

तिवारीको हत्यारालाई पक्राउ गर्न ७ दिने अल्टिमेटम

yuwa-sangh-rupendehi

२ माघ, भैरहवा । नेकपा एमालेसम्वद्ध युवा संघ नेपाल रुपन्देहीले दुर्गा तिवारीको हत्यामा संलग्नलाई पक्राउ गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएको छ ।

युवा संघ रुपन्देहीले आइतबार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई ज्ञापन पत्र बुझाउँदै तिवारीको हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको हो । संघले देवदह नपा १० भलुहीका युवा संघका अर्का कार्यकर्ता मिलन मल्लमाथि पुस २६ गते भएको भौतिक आक्रमण गर्ने दोषीलाई पक्राउ गर्न पनि माग गरेको छ ।

प्रजिअ सिंहलाई ज्ञापन पत्र बुझाउँदै युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य देवराज पोख्रेलले राज्यले घटनालाई गम्भिरताका साथ नलिएको भन्दै ७ दिन भित्र दुबै घटनाको दोषीलाई पक्राउ नगरे युवा संघ कडा आन्दोलनमा उत्रिने चेतावानी दिए ।

‘तिवारी हत्याको एक महिना बित्न लागिसक्यो तर, राज्यले अहिलेसम्म दोषीलाई कानुनी कठघरामा उभ्याउन सकेको छैन, राज्यले घटनालाई गम्भिरताका साथ नलिएको भन्ने हामीलाई आशंका लागेको छ, उनले भने, ‘७ दिनभित्र तिवारीको हत्या गर्नेलाई पक्राउ नगरे युवा संघ कडा आन्दोलनमा उत्रिने छ ।’

प्रजिअ सिंहले राज्यले घटनालाई गम्भिरताका साथ लिएर उच्चस्तरीय छानबिन टोली अनुसन्धान गरिरहेको भन्दै अनुसन्धान अन्तिम चरण पुगेको र दोषी चाडै पक्राउ हुने बताए । ‘घटनालाई राज्यले गम्भिरताका साथ लिएर अनुसन्धान गरिरहेको छ, यसमा केन्दि्रय अनुसन्धान ब्युरो -सिआइबी) लागेको छ, उनले भने। मलाई केही थाहा नहुन पनि सक्छ तर, अनुसन्धान अन्तिम चरणमा पुगेका कारण घटनाको दोषी छिटै नै पक्राउ पर्नेमा म आशावादी छु ।’

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्या भएपछि गृह मन्त्रालयले एआईजी विज्ञानराज शर्माको संयोजकत्वमा, नेपाल प्रहरीले लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेर बहादुर बस्नेतको संयोजकत्वमा छानबिन टोली गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment