Comments Add Comment

त्रिशुली नदीमा ट्यांकर खस्दा चालकको मृत्यु, सहचालक घाइते

५ माघ, चितवन । त्रिशुली नदीमा ट्यांकर खस्दा चालकको मृत्यु भएको छ । काठमाडौंबाट बारा जाँदै गरेको रित्तो पेट्रोल ट्यांकर मुग्लिन-नारायणगढ सडकखण्डको चण्डिभञ्याङ-५ कालिखोला नजिक दुर्घटना भएको थियो ।

accidentरातभर खोज्दा पनि फेला नपरेको ट्यांकर र त्यसको चालक बुधबार बिहान दुर्घटनास्थलबाट करिब एक किलोमिटर तल फेला परेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा ट्यांकर चालक बारा अम्लेखगञ्जका २६ वर्षीय उमेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।

सहचालक प्रदिप लामाको खुट्टा भाँचिएको र जिल्ला सदरमुकाम भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment