Comments Add Comment

चाबहिलमा पनि आजदेखि लाइसेन्सको सेवा, ट्रायल सेन्टर नहुँदा सास्ती उत्तिकै

Smart Licence Card

७ माघ, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारबाट काठमाडौंको चाबहिलबाट पनि सवारी लाइसेन्स वितरणको काम सुरू गर्दैछ । विभागले यसअघि स्वयम्भुको ठूलोभर्‍याङमा र भक्तपुरको जगातीमा कार्यालय खोलेर लाइसेन्स वितरण थालेको थियो ।

शुक्रबारबार चाबहिलस्थित नयाँ कार्यालयबाट पनि सेवा सुरु गर्न लागेको हो । ३ ठाउँमा यातायात कार्यालय खुलेपछि त्यस वरपरका बासिन्दालार्इ अब लाइसेन्स लिनकै लागि ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमै धाउनु नपर्ने भएको छ । तर, यि कार्यालयले पूर्ण सेवा भने दिन सुरू गरेका छैनन् ।

आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा चाबहिल कार्यालयले लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत अावेदन पनि कार्यालयले बुझ्नेछ ।

तर, ट्रायल सेन्टरबिना नै खोलिएका कार्यालय प्रभावकारी नहुने विभागकै अधिकारी बताउँछन् । विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ ।

ट्रायल सेन्टर थपिएनन्

नयाँ कार्यालयहरुमा लाइसेन्स नवीकरणको मात्रै काम हुनेछ । नयाँ लाइसेन्स जारी गर्न र बर्ग थप गर्न ३ वटै कार्यालयसँग ट्रायल सेन्टर छैनन् ।

ट्रायल सेन्टर नै नभएपछि नयाँ कार्यालयहरुले चाहेर पनि नयाँ लाइसेन्स वितरण गर्न सक्दैनन् । एउटा नयाँ कार्यालयहरूले दिनमा ५ सय वटा लाइसेन्सका लागि आवेदन लिन सक्छन् ।

तर, नयाँ कार्यालयका लागि ट्रायल सेन्टर निर्माण गर्न तत्काल सम्भव नहुने भन्दै विभाग यसप्रति गम्भीर बनेको छैन । विभागले नयाँ कार्यालयका लागि ट्रायल सेन्टर भाडामा लिन नखोजेको पनि होइन ।

सुजुकी ड्राइभिङ सेन्टरलाई एकलौटी रुपमा १० वर्षका लागि भाडा दिन विभागका अधिकारीहरू लागिपरेका छन् । चलखेलकै कारण यो प्रक्रिया अलमलमा छ ।

विभागका महानिर्देशकमाथि टेण्डर आह्वान प्रक्रियामै अनियमितता र चलखेलको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment