Comments Add Comment

उमेर हदको विरोधमा नेविसंघद्वारा क्याम्पसमा तालाबन्दी

१७ माघ, काठमाडौं । स्ववियुको चुनावमा उमेरको हदबन्दी हटाउन माग गर्दै नेविसंघले काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसहरुमा आज तालाबन्दी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गर्दै कार्यतालिकासमेत सार्बजनिक गरिसकेको छ । यसपटक २८ वर्षे उमेर हद र मिश्रति निर्वाचन प्रणाली अपनाउने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको छ ।

तर, नेविसंघले भने हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव आठ वर्षपछि हुन लागेकाले एकपटकका लागि उमेर हद नलगाउन र प्रत्यक्ष चुनाव प्रणाली अपनाउन माग गरेको छ ।

नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले अनलाइनखबरसँग भने, ‘पढाईलाई उमेरले छेक्दैन भने विद्यार्थीको संस्था स्ववियुमा उमेर हद तोकिनु गलत छ ।’

वैद्यका अनुसार पद्मकन्या, आरआर, ल, पशुपति, त्रिचन्द्र, सरस्वती, पब्लिक युथ र शंकरदेव क्याम्पसमा सोमबार तालाबन्दी गरिएको छ । तालाबन्दीका कारण क्याम्पसको कामकाज प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment