Comments Add Comment

मन्दिरमा जन्मिएका पात्रहरुको कथा बन्ने भयो ‘मन्दिरा’


एउटा घरमा घटेको प्रतिनिधी घटनालाई आधार बनाएर सानो गल्तीले ठूलो रुप लिन सक्छ भन्ने कथामा चलचित्र ‘मन्दिरा’ बन्ने भएको छ । मन्दिरमा जन्मने चरित्रहरुलाई चलचित्रका न्यूनतम आधारभूत प्रक्रिया अपनाएर यो चलचित्र निर्माण गर्न लागेको निर्माणपक्षले जनाएको छ ।

भट्ट एण्ड सन्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा जेवी डीसी, नरेन खड्का, प्रवण भुषाल, लक्ष्मी बस्नेत, विना पोख्रेली र विनिता वलीको अभिनय रहनेछ ।

दीपेश सापकोटाको कथा तथा निर्देशन रहने यो चलचित्रलाई हरि भट्टले निर्माण गर्न लागेका हुन् । चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, देव राइको संगीत, सुसन प्रजापतिको छायांकन रहनेछ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकार तथा निर्माणपक्षले ‘मन्दिरा’ राम्रो चलचित्र बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment