Comments Add Comment

दीपक-दीपा नयाँ फिल्म बनाउँदै, विकास आचार्यले गर्नेछन् निर्देशन


अघिल्ला ३ चलचित्रमा ३ निर्देशकसँग काम गरेको आमा सरस्वती मुभिजले अब नयाँ चलचित्र निर्माणको थालनी गर्ने भएको छ । चलचित्रको छायांकन फागुणबाट सुरु गर्ने तयारी गरिएको छ ।

‘६ एकान ६’, वडा नम्बर ६ र छक्का पन्जा’पछि आमा सरस्वती मुभिजले बनाउन लागेको चौथो चलचित्रलाई निर्देशक विकास आचार्यले निर्देशन गर्नेछन् । यो चलचित्रको कथा विकासले नै लेखेका हुन् । विकासको कथा मनपरेपछि दीपकराज गिरीले आमा सरस्वती मुभिजको ब्यानरबाट चलचित्र बनाउन लागिएको बताए ।

उनले भने-‘अब हामी राम्रो कथामा लगानी पनि गर्नुपर्छ भन्ने सोचमा पुगेको छौ । यसैले, विकासजीको निर्देशनमा नयाँ चलचित्र बनाउन लागेको हौ ।’यो चलचित्रमा जीतु नेपालले काम गर्ने पक्का भैसकेको छ । अन्य कलाकार फाइनल नभैसकेको दीपकले बताए । यो चलचित्र प्रेम र कमेडीको मिश्रणमा बन्नेछ । दीपकले भने-‘विकासजीको शैली र हाम्रो शैलीलाई मिलाएर चलचित्र बनाउनेछौ ।’

दीपकले यो चलचित्रसँगै अर्को चलचित्रको कथा लेखन पनि जारी रहेको बताएका छन् । अघिल्ला चलचित्र बनाएको टीमसँग मिलेर दीपकले नयाँ चलचित्र पनि बनाउनेछन् ।

आमा सरस्वती मुभिजले अब बर्षमा २ वटा चलचित्र निर्माण गर्ने शैली अपनाएको छ । ३ चलचित्र बनाएपछि दीपक-दीपा चलचित्र निर्माणमा राम्रैसँग होमिने तयारीमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment