Comments Add Comment

ज्याकलीनको पोल डान्स

बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डेस आफ्नो डान्स मुभका कारण प्रख्यात छिन् । हालै ज्याकलिनले एउटा सेक्सी पोल डान्स गरिन् । यो डान्स उनले कुनै हिरोलाई लोभ्याउन गरेकी थिइन् । यी हिरो अरु कोही नभएर बलिउडका ‘स्मार्ट व्वाई’ सिद्धार्थ मल्होत्रा थिए ।

ज्याकलिन र सिद्धार्थले आगामी फिल्म रिलोडेडको सुटिङ पुरा गरेका छन् । प्रोड्यूसरहरु राज नन्बुदरी र कृष्णा डीले सेक्सी पारामा फिल्मको सुटिङ सिध्याएका थिए । सुटिङको अन्तिम दिन एउृटा गीतमा ज्याकलीनले आफ्नो अनस्किन प्रेमी सिद्धार्थ मलहोत्रालाई लोभ्याउन पोल डान्स गरेकी हुन् ।

सूत्रका अनुसार फिल्ममा एउटा गी ‘चन्द्रलेखा’ को सुटिङ तीन दिनमा पुरा गरिएको थियो । एउटा नाइटक्लवमा पोल डान्स गर्नका लागि ज्याकलिनले धेरै दिन अगाडिदेखि यसको क्लास लिन थालेकी थिइन् । यो गीतको कोरियोग्राफी दिल शेखले गरेका हुन् जसले हालै वेस्ट कोरियोग्राफर विधामा फिल्मफेयर अवार्ड जितेका थिए ।

रिलोडेडलाई यसअघि ऋतिक रोशन अभिनित फिल्म ब्यांग ब्यांगको सिक्वेल मानिएको थियो । तर हालै सिद्धार्थ मल्होत्राले बताएअनुसार यो फिल्मको कथा एकदमै नयाँ छ । यो फिल्मको सुटिङ मियामी, बैंकक र मुम्बईमा गरिएको छ । फिल्म २४ अगष्टमा रिलिज हुनेछ । फिल्ममा सिद्धार्थका अलावा दर्शन कुमार र सुनील सेट्टी पनि प्रमुख भूमिकामा देखिनेछन् ।

सिद्धार्थले यसै महिना सोनाक्षी सिन्हासँगको आफ्नो आगामी फिल्म ‘इत्तेफाक’ को सुटिङ सुरु गर्नेछन् । यस्तै ज्याकलिन सुशान्त सिंह राजपूतसँग आफ्नो आगामी फिल्म सुटिङका लागि व्यस्त रहनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment