Comments Add Comment

शरणार्थी बन्न खोज्ने ६० जनालाई पपुवा न्यूगिनीले देशनिकाला गर्ने, नेपाली पनि पर्ने

२५ माघ, काठमाडौं । पपुवा न्यूगिनीले शरणार्थी बन्न खोजिरहेका नेपालीसहित ६० जनालाई देश निकाला गर्ने भएको छ ।

देशनिकाला हुन लागेकाहरु मध्ये धेरै इरानका छन् । यसबाहेक नेपाल, इराक, पाकिस्तान, सोमालिया, भारत, सुडान, भियतनाम र बंगलादेशका नागरिक छन् ।

मानुसस्थित अष्ट्रेलियन शिविरमा आश्रय लिइरहेका उनीहरुलाई देश निकाला गर्न आवश्यक ट्राभल डकुमेन्टलाई अधिकारीहरुले अन्तिम रुप दिइरहेका छन् ।

कार्यवाहक प्रमुख आप्रवासन अधिकृत सोलोमोन कान्थाका अनुसार मानुस शिविर बन्द गर्ने यो पहिलो कदम हो, जहाँ शरणर्थी हैसियत नपाइसकेका १६८ जना नागरिक बसिरहेका छन् र उनीहरु सबैलाई देश निकाला गरिनेछ ।

सर्वोच्च अदालतले गत वर्षको अपि्रलमा उक्त शिविर असंवैधानिक रहेको ठहर गरेको थियो र प्रधानमन्त्री पिटर ओ निलले शिविर बन्द गर्ने प्रतिवद्धता जनाएका थिए ।

शरणार्थीको मान्यता नपाएकाहरुसँग पपुवा न्यूगिनीमा बस्ने कानूनी आधार नभएको आप्रवासन अधिकृत कान्थाले बताए । उनले ‘पोष्ट कुरियर’ पत्रिकालाई बताए अनुसार उनीहरुलाई स्वेच्छिक फिर्तिका लागि प्रोत्साहित गरिनेछ ।

मानवअधिकारवादी समूहहरुले भने लामो समयदेखि मानुस र नायुरु शिविरमा रहेका आप्रवासीहरुलाई अष्ट्रेलिया लैजानुपर्ने माग राख्दै आएका छन् ।

मानुसमा करिब ६ सय शरणार्थीहरु छन् । यदि, अष्ट्रेलियासँग पूर्वराष्ट्रपति बाराक ओबामाले गरेको समझदारीमा अमेरिका कायमै रहृयो भने भने यी शरणार्थिहरु अमेरिका जानेछन् । तीमध्ये १ सय ५० शरणार्थीहरुलाई लैजाने न्यूजिल्याण्डको प्रस्तावलाई भने क्यानबेराले खारेज गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment