Comments Add Comment

तीन वर्ष गर्भ बोकेपछि महिलाले जन्माइन् बाख्राको पाठो !

मान्छेले विभिन्न जनावरजस्तै बच्चा जन्माएका घटनाहरु बेलाबेलामा चर्चामा आउँछन् । हालै एउटा यस्तै अनौठो घटना नाइजेरियामा भएको छ ।

नाइजेरियाकी एक महिलाले बाख्राको पाठो जस्तै बच्चा जन्माएकी छिन् । अझ अनौठो त के भने ती महिला पछिल्लो ३ वर्षयता गर्भवती थिइन् । ३ वर्षसम्म पेटमा राखेको पाठो उनले हालै जन्माएकी हुन् ।

सोसल साइटहरुमा ती महिला र उनले जन्माएको पाठोको फोटो निकै भाइरल बनिरहेको छ । साइमन चुकवु नामका व्यक्तिले उक्त फोटो आफ्नो फेसबुक पेजमा राखेका थिए । उनका अनुसार नाइजेरियाको पोर हारकोर्टमा दुई दिन पहिले एक महिलाले ३ वर्षको गर्भबाट एक बाख्राको जन्म दिएकी छिन् ।

महिलाले बाख्रा जन्माएपछि ठूलै तहल्का मच्चियो । सबै मानिस बच्चा हेर्न भेला भए । ती महिलाका परिवार एकातर्फ बाख्रा जन्मिएको घटनाले लज्जित र त्रस्त छन् तर अर्कोतर्फ भने ३ वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment