Comments Add Comment

चार खुट्टा र दुई लिंगसहित जन्मेको बच्चा, डाक्टरले दिए नयाँ जीवन

केही समय पहिले भारतको कर्नाटकमा एउटा अनौठो बच्चा जन्मिएको थियो । उक्त बच्चाका चारवटा खुट्टा थिए भने दुई वटा यौनांग थिए । त्यस्तो बच्चा जन्मिँदा गाउँलेहरु सबै अचम्ममा परे ।

बच्चाकी आमा ललितम्मा र पिता चेन्नबस्वाले त बच्चालाई भगवानको उपहार नै माने । उनीहरुले उक्त बच्चालाई सोही रुपमै स्विकार्ने र सोही रुपमै बढाउने फैसला गरेका थिए । तर चिकित्सा विज्ञानमा भएको चमत्कारले गर्दा अपांग बच्चा पाल्ने बाबुआमाको बाध्यता हट्यो । चिकित्सकहरुले उक्त बच्चाको हालै शल्यक्रिया गरी उसलाई सामान्य जिवन दिएका छन् ।

कर्नाटककै विजयनगर इन्सिच्युट अफ मेडिकल साइन्समा उक्त बच्चाको शल्यक्रिया भएको हो । डाक्टर विरुपक्षा नेतृत्वको शल्यचिकित्सकहरुले टोलीले एक जटिल शल्यक्रिया मार्फत बच्चाका दुई अतिरिक्त खुट्टा र एउटा अतिरिक्त लिंग हटाइदिएपछि बच्चाले नयाँ जीवन पाएको छ ।

अहिले उक्त बच्चाले स्वास्थ्य लाभ गरिरहेको र सामान्य अवस्थामा रहेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment