Comments Add Comment

रेखा र मेरो सम्बन्ध पारिवारिक छः सविर श्रेष्ठ


१० वटा चलचित्र निर्देशन गरिसकेका निर्देशक सबिर श्रेष्ठलाई नायिका रेखा थापा निकट निर्देशक भन्नेहरु धेरै छन् । रेखाको काम गर्ने स्टाइलवाट प्रभावित भएको धारणा राख्ने सबिर अहिले ‘कहि कतै’को पोष्ट प्रोडक्सनमा ब्यस्त छन् । उनै निर्देशकलाई अनलाइनखबरले लाएको पाँच आरोपः

१. तपाईको चलचित्र त निकै परम्परागत हुन्छ भन्छन् नि ?
हलिउडको आफ्नै शैली होला, बलिउडको पनि आफ्नै शैली होला । मेरो पनि आफ्नै खालको शैली छ । म कमर्शियल चलचित्र बनाउँछु । कसैलाई मेरो चलचित्र परम्परागत लाग्न सक्छ । तर, आफ्नो शैलीबाट म निकै सन्तुष्ट छु ।

२. उमेरले युवा भए पनि काम गर्ने शैली त निकै पुरानै भयो भन्ने आरोप लगाउँछन् नि ?
मैले अघि नै भनेँ नि, मेरो चलचित्रमा हिरो हिरोइन हुन्छन्, गीत हुन्छ । फाइट हुन्छ । अलिकति हाँसो पनि हुन्छ । अर्को कुरा म कुनै प्रयोगका लागि चलचित्र बनाउँदिन । चलचित्र भइसकेपछि सम्पूर्ण प्याकेज चाहिन्छ त्यसका लागि हाँसो, रोदन सबथोक हुन्छ । म चलचित्रलाई चाहिने कुरा झिकेर युनिक हुन चाहन्नँ ।

३. लगातार रेखाको चलचित्र गर्दै आउनु भएको छ । पारिश्रमिक निकै थोरै लिनुहुन्छ भन्ने आरोप लागेको छ नि ?
पहिलो कुरा त रेखा र मेरो सम्बन्ध केबल निर्माता/निर्देशकमा मात्रै सिमित छैन । हाम्रो सम्बन्ध पारिवारिक छ । कति पारिश्रमिकलाई धेरै भन्ने ? वा कतिलाई थोरै ? लिने र दिनेविच कुरा मिल्यो भने धेरै थोरैको कुरा आउँदैन । रेखाले दिएको पारिश्रमिकले म सन्तुष्ट छु । अर्को कुरा रेखालाई मेरो र मलाई रेखाको काम गर्ने शैली मनपर्छ ।

४. आलोचना गर्नेहरुलाई तपाई फिटिक्कै मन पराउनुहुन्न भन्ने चर्चा छ नि बजारमा ?
म आलोचना प्रशस्त स्विकार्छु । तर, केबल आलोचनाको लागि आलोचना गर्नेहरुको कुरा सुन्दिनँ । मेरो कामको सन्दर्भमा स्वस्थ आलोचना भएको सुन्दा म खुसी हुन्छु ।

५. निर्देशक भइसक्नु भयो ? तर, खुसुक्क असिस्टेन्नको काम आएपनि गर्नुहुन्छ भन्ने आरोप धेरैले लगाउँछन् ?
मलाई आफ्नै काम भ्याइ नभ्याई छ, मैले किन असिष्टेन्ट गर्नु । मैले निर्देशन भएको दिनदेखि आजसम्म असिष्टेन्ट गरेको छैन र गर्दा पनि गर्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment