Comments Add Comment

वैशाखमै हुने भयो ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ भव्य कार्यक्रम


विगत नौ बर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको ‘डी सिने अवार्ड’ यसपटक भने हेटौडामा हुने भएको छ । ७ बर्षसम्म नियमित रुपमा काठमाण्डौमा आयोजना भएको अवार्डको आठौ संकरण भने पोखरामा आयोजना भएको थियो ।

डिजिटल प्रविधिमा बनेका चलचित्रले मात्र यो अवार्डमा भाग लिन पाउनेछन् । डी सिने अवार्डका अध्यक्ष शान्तीप्रिय र कार्यक्रम संयोजक मणिराज गौतम हेटौडा पुगेर अवार्डको तयारी थालेका हुन् । उनीहरुका अनुसार, हेटौडा समितीको संयोजनको जिम्मा चलचित्रकर्मी सुशान्त श्रेष्ठलाई दिइएको छ । हेटौडामा यसरि, अवार्ड आयोजना हुनु स्थानियबासीका लागि पनि गौरवको कुरा भएको सल्लाहाकार समितीका सदस्य नरेन्द्र महर्जनले बताए ।

अवार्डका अध्यक्ष शान्तिप्रियले विभिन्न अवार्ड विदेशमा आयोजना भैरहेको समयमा आफूले भने आन्तरिक पर्यटनमै जोड दिएको बताए । यसैविच, अवार्डका लागि चलचित्र दर्ता आह्वान गरिएको छ । विं.सं २०७३ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म रिलिज भएका चलचित्रले यो अवार्डमा सहभागीता जनाउन पाउनेछन् । चैत्र २५ सम्म चलचित्र दर्ता पाइनेछ । वैशाखको अन्तिम साता यो अवार्ड आयोजना गर्ने तयारी आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment