Comments Add Comment

निर्वाचन नगराउने भए पद छाड्न प्रधानमन्त्रीलाई एमाले सचिवको सुझाव

६ फागुन, भक्तपुर । नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले निर्वाचन नसक्ने भए पदमा बस्नुको औचित्य नभएको बताएका छन् ।

रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको भट्टराईको भनाई छ ।

नेता भट्टराईले सरकारले संसदमा पेश गरेको संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको दावी गरे । उनले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि अहिलेको अवस्थामा यो देशको आवश्यकता नभएको धारणा राखे ।

निर्वाचनमा सबै पार्टी मिलेर भाग लिनुपर्ने बताउँदै निर्वाचनको वातावरण बनाउन सबै लागि पर्नुपर्ने उनको धारणा छ । उनले हिंसामा विश्वास गर्ने र शान्ति प्रक्रियामा भाग नलिने पार्टी संवैधानीक रुपमा विफल हुने दावी गरे ।

मुलुकको राजनीतिक स्थायित्वको लागि समय अवधिभित्रै तीन तहको निर्वाचन सम्पन्न गरिसक्नेपर्नेमा सरकारले आलटाल गरिरहेको भट्टराईको आरोप छ ।

उनले स्थानीय तहको पुनः संरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर प्रदेश सभा, प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण अयाोग गठन, निर्वाचनसँग सम्बन्धित कानूनहरु निर्माण गर्ने कार्यमा अग्रसर हुन सरकारसँग आग्रह गरे ।

एमालेको पोलिटब्यूरो बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिँदै नेता भट्टराईले सरकारले बैशाख महिनाभित्र जसरी पनि निर्वाचन गरिसक्नुपर्ने बताए ।

उनले आसन्न तीनै तहको निर्वाचनमा एमालेले दुई तिहाई बहुमत ल्याउने दावी गरे । एमालेको लोकपि्रयता देखेर कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिनसमेत उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment