Comments Add Comment

चुनाव घोषणाको एमालेद्वारा स्वागत, स्थानीय तह नचलाउन माग

९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव घोषणाको स्वागत गरेको छ । तर, स्थानीय तहको संख्या बढाउने निर्णयको विरोध गरेको छ ।

सरकारले सोमबार साँझ आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ ।

एमाले सचिव योगेश भट्टराईले चुनावको मिति घोषणा स्वागतयोग्य भएको बताएका छन् । उनले भने, चुनाव घोषणा ठीक छ । एमालेले पहिलेदेखि नै चुनाव माग गर्दै आएको हो । तर, यो गर्नका लागि हो कि देखाउनका लागि हो, हेर्नुपर्छ ।’

एमालेले अब निर्वाचनको तयारी युद्धस्तरमा अघि बढाउनु पर्ने र आवश्यक ऐन कानुन बनाउनु पर्ने बताएको छ । यसले मात्र चुनाव हुने विश्वासिलो वातावरण बन्ने प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराईले बताए ।

चुनाव घोषणा भएपनि एमाले संविधान संशोधनमा आफ्नो अडान कायमै रहेको बताएको छ ।

स्थानीय तह नचलाऊ

प्रमुख विपक्षी एमालेले स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने निर्णयको विरोध गरेको छ ।

आयोगले तय गरेको स्थानीय तह नै स्वीकार गर्नु पर्ने भन्दै एमाले सचिव भट्टराईले भने, प्रदेश नम्बरका दुईका लागि एउटा, अरु क्षेत्रका लागि अर्को मापदण्ड हुन सक्दैन ।’

सरकारले मधेसको असन्तुष्टि सम्बोधन गर्ने भन्दै स्थानीय तहको संख्या र सीमा हेरफेरको निर्णय गरेको छ । र, सात दिनको समय दिएर स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको तीन सदस्यीय कार्यदललाई जिम्मा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment