Comments Add Comment

अब मतदाता नामावली संकलन अभियान रोकियो

नाम छुटेकाले मतदानमा भाग लिन नपाउने

११ फागुन, काठमाडौं । तपाई स्थानीय तहको चुनावमा भोट हाल्न आतुर हुनुहुन्छ ? यदि आतुर हुनुहुन्छ र निर्वाचन आयोगले १८ बर्ष उमेर पुगे पनि मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन भने तपाईलाई आयोगले निर्वाचन प्रक्रियामा भाग लिन नदिने भएको छ ।

निर्वाचन आयोगले १८ बर्ष उमेर पुगे पनि फागुन ९ गतेभित्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका नागरिकलाई मात्रै आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।

आयोगको निर्णयबारे अनलाइखबरलाई जानकारी दिँदै प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, ‘फागुन ९ गतेसम्म १८ बर्ष उमेर पूरा भएकालाई मात्रै मतदानमा भाग लिन लिने निर्णय भएको छ । तर, यसका लागि उसको नाम फोटोसहितको मतदाता नामावलीमा यसअघि नै दर्ता भएको हुनुपर्छ ।’

मंगलबार बसेको आयोगको बैठकले त्यस्तो निर्णय गरेको हो ।

यसअघिका निर्वाचनमा भने निर्वाचत मिति घोषणापछि अभियानको रुपमा केही समय मतदाता नामावली संकलन गर्ने गरिएको थियो । यसपटक भने आयोगले निर्वाचनको मिति घोषणा गरेकै दिनबाट मतदाता नामावली संकलन बन्द गरेको हो ।

अब ०७३ साल फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम लेखाइसकेका नेपाली नागरिकले मात्र बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । निर्वाचन तयारीका लागि पर्याप्त समय बाँकी नरहेकाले यस्तो निर्णय गरिएको आयुक्त नरेन्द्र दाहालले बताएका छन् ।

यस्तै निर्वाचन आयोगले मंगलबारबाटै मतदाता नामावली संकलनको काम बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment