Comments Add Comment

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दल र मधेसी मोर्चाको बैठक

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाएका छन् ।

संविधान संशोधन विधेयक र स्थानीय चुनावबारे सहमति खोज्न प्रधानमन्त्री प्रचण्डले सत्तारुढ माओवादी र कांग्रेस तथा सरकारलाई समर्थन गर्ने मधेसी मोर्चाको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहान साढे १० बजेपछि बस्ने बैठकमा संशोधन विधेयक र चुनावमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।

सोमबार मधेसी मोर्चाका नेताहरुसँग भएको अनौपचारिक छलफलमा प्रधानमन्त्रीले दुई तिहाई नपुग्दासम्म संशोधन रोक्न प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment