Comments Add Comment

यी तीन रोग जसलाई औषधी नखाइ निको पार्न सकिन्छ


बद्लिदो जीवनशैली र गलत खानपानको कारण हाम्रो शरीरमा नराम्रो असर परिरहेका हुन्छ । शरीरमा देखापर्ने रोगका निदानका लागि हामी औषधी सेवन गर्छौ, जो बजारमा सहजै उपलब्ध हुन्छ ।

तर, औषधी सेवनले क्षणिक रुपमा हामीलाई रोगबाट छुटकारा दिएपनि त्यसको दीर्घकालिन असर बाँकी रहन्छ । अतः शरीरमा देखापर्ने त्यस्ता रोगलाई प्राकृतिक विधीबाट पनि निर्मूल पार्न सकिन्छ । योग त्यसको सर्बोत्तम बिकल्प हो ।

१. कम्मर दुख्ने

कारण- माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरीमा धेरै शारीरिक श्रम गर्नु ।

हलासन

–    जमिनमा कम्मरको बलमा सुत्ने, दुबै हातलाई जमिनमा राख्ने ।

–    दुबै खुट्टाको पञ्जा मिलाएर राख्ने ।

–    दुबै खुट्टालाई बिस्तारै-बिस्तारै माथि उठाउने र ९० डिग्रीको कोण बनाउँदै टाउकोबाट पछाडितिर लाने ।

–    हातलाई पछाडितर्फ जमिनमा तन्काएर राख्ने ।

–    १-२ मिनेटसम्म यस स्थितीमा रहेर सास लिने एवं छाड्ने ।

–    बिस्तारै पहिलेकै अवस्थामा आउने ।

क्विक टिप्स

–    हर्बल आयललाई मनतातो बनाएर कम्मरमा मसाज गर्ने ।

–    तोरी वा नरिवलको तेलमा ८ वटा जति लसुन हालेर पकाउने, चिसो भएपछि कम्मरमा मसाज गर्ने ।


२. रुघा ज्वरो

कारण- मौसमी परिवर्तन, गलत खानपान र जीवनशैली, भाइरस आदि ।

सर्वागासन

–    कम्मरको बलमा सुत्ने र दुबै हात जमिनमा राख्ने ।

–    सास लिदै बिस्तारै खुट्टालाई माथि उठाउने । यसरी खुट्टा माथि उठाएको बेला हातले कम्मरलाई सपोर्ट दिने ।

–    खुट्टालाई ९० वा १ सय २० डिग्रीमा लगेर हातलाई कम्मरको पछाडि लाने ।

–    खुट्टलाई मिलाएर सिधा राख्ने, फेरी पूर्व अवस्थामा आउने ।

–    आँखालाई बन्द गरेर दुबै आँखीभौंको बीचमा दुई तीन मिनेटसम्म ध्यान केन्दि्रत गर्ने ।

क्विक टिप्स

–    २ चिया चम्चा पानको पत्ताको रसमा १ चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।

–    ४ कप पानीमा १ ठूलो चम्चा बेसार र केहि तुलसीको पात मिसाएर १० मिनेटसम्म उमाल्ने । त्यसलाई छानेर १ चिया चम्चा मह र स्वाद अनुसार कागतीको सर मिसाएर पिउने ।

 

३. माइग्रेन

 

कारण- अनिन्द्रा, तनाव, शरीरमा पोषक तत्वको कमी, अल्कोहलको अधिक सेवन, एलर्जिक रिएक्सन

अनुलोम बिलोम प्राणायम

–    सुखासनमा बस्ने । कम्मरलाई एकदमै सिधा राख्ने ।

–    बुढी औंलाले देब्रे नाक बन्द गर्ने, दाँया नाकले सास लिने । अब साहिली औंलाले अर्को नाक बन्द गर्ने ।

–    बुढी औंला बिस्तारै हटाएर सास छाड्ने ।

–    देब्रे नाकले सास लिएर केहिक्षण रोक्ने ।

–    दाँया नाकले सास निकाल्ने, केहि क्षण रोक्ने र सोहि नाकबाट सास लिने ।

–    सासलाई बिस्तारै बिना आवज भित्र लाने र छाड्ने प्रक्रिया दोहोर्‍याउने ।

क्विक टिप्स

–    आधा गिलास गाजरको जुसमा आधा गिलास पालकको जुस मिसाएर पिउने ।

–    कागतीको बोक्रालाई पिसेर पाउडर बनाउने, थोरै पानीमा मिलाएर तालुमा राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment