Comments Add Comment

सुगर फ्रि चक्की कि मन्द विष ?

अहिले धेरैजना चिनीसँग डराउन थालेका छन् । जब उनीहरुलाई चिया पिउनुपर्छ, सुरुमै भन्छन्, ‘चिनी नराख्नु होला ।’ बजारका मिठाईलाई त उनीहरुले पूर्णत कटौती गरेका छन् । चिनीजन्य खानेकुरा चटक्कै छाडेका छन् । किन ?

किनभने चिनीजन्य खानेकुराले मधुमेहलाई बढाव दिन्छ । मधुमेह, जुन आम समस्या बन्दैछ । यसलाई हामीकहाँ खानदानी रोग पनि भनिन्छ । मिठो मसिनो खाने तर ऐशआरमको जिन्दगी विताउन चाहनेहरु यसको जोखिममा छन् ।

मधुमेहले गाँजिसकेपछि भने उनीहरुले यसलाई आफ्नो जीवनमा ‘खतराको सूचक’ ठान्छन् । त्यसपछि बल्ल खानपान र जीवनशैलीमा सतर्कता अपनाउन थाल्छन् ।

यसरी मधुमेह रोगी बढ्दै जाँदा बजारमा ‘सुगर फ्रि खानेकुराको घनत्व र आयतन पनि बढ्दै गएको छ । हरेक कुरा अहिले सुगर फ्रिहुँदै गएका छन् । बिस्कुटदेखि मिठाईसम्म । यसैगरी सुगर फ्रिचक्कीले बजार ओगट्दैछ ।

मधुमेह रोगीहरु सुगर फ्रिचक्की निर्धक्क सेवन गर्छन् । के यो सुरक्षित छ त ? मधुमेहका रोगीलाई गुलियो खाने तलतल यसले मेट्छ त ?

सुगर फ्रिचक्कीको कुरा

सुगर फ्रिट्याब्लेटले मधुमेहको जोखिम घटाउनुको सट्टा स्वास्थ्य सम्बन्धि अन्य समस्या निम्त्याउन सक्छ ।

विशेषगरी मिठाईलाई गुलियो बनाउन प्रयोग गरिने कृतिम चिनीले मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना उच्च हुन्छ । यसको नियमित सेवनले टाउको दुख्ने समस्या निम्तनुका साथै एञ्जाइटी, मुटुको धडकन बढी हुने समस्या, तौल बढ्ने, डिप्रेशन तथा न्युरोलोजिकल समस्या लगायत ९२ वटा भन्दा बढी साइड इफेक्ट गर्छ ।

क्यानाडाको मानिटोबा विश्वविद्यालयमा हालै सम्पन्न एक शोधले जनाए अनुसार चिनी भन्दा दुई सय गुणा बढी गुलियो सुगर फ्रिचक्कीको सेवनले पाचन तन्त्र प्रभावित हुन्छ । यसको सेवनले व्यक्तिलाई भोक लाग्दैन । किनकी यसमा एस्पार्टेम, सुक्रलोज, स्टेविया लगायतका तत्व हुन्छ । शोधकर्ताहरुका अनुसार मानिसहरु सोच्छन्, सुगर फ्रिचक्कीको सेवनले शरीर स्वस्थ रहन्छ ।

जबकी उनीहरुलाई यो समेत थाहा छैन की एस्पार्टेम, सुक्रलोज तथा स्टेविया लगायतका तत्वयुक्त सुगर फ्रिचक्कीको नियमित सेवनले मोटोपना बढ्नुका साथै मुटु सम्बन्धि रोग लाग्ने सम्भावना उच्च हुन्छ । त्यसबाहेक पनि, स्वास्थ्य सम्बन्धि यस्ता अन्य थुप्रै समस्या छन्, जुन सुगर फ्रिचक्कीको सेवनले निम्त्याउने गर्छ ।

आँखामा असर

अत्याधिक मात्रामा सुगर फ्रिचक्कीको सेवनले आँखालाई पनि प्रभावित पार्छ । यसको  नियमित प्रयोगले आँखाको दृष्टि कम हुँदै जान्छ ।

गर्भावस्थामा सुरक्षित

सुगर फ्रिचक्की उत्पादकर्ताहरुका अनुसार गर्भावस्थामा यसको प्रयोग सुरक्षित मानिएको छ । गर्भावस्थाका लागि  सुरक्षित भएकै कारण गर्भवती महिलाहरुले विना कुनै शंका यसको प्रयोग मज्जाले गर्न सक्दछन् । र, यसले गर्भावस्थामा मधुमेह हुने खतरा पनि बढाउँदैन ।

उच्च रक्तचापको जोखिम

मधुमेहका साथमा उच्च रक्तचापको समस्या भएका व्यक्तिले सुगर फ्रिचक्कीको प्रयोग गर्दा विशेष सजगता अपनाउनु गर्छ । किनकी यसको अत्याधिक प्रयोगले व्लड प्रेशर बढ्न सक्छ ।

क्यान्सरको जोखिम

यो चक्की बनाउने क्रममा प्रयोग हुने ‘सेक्रिन’ नामक पदार्थले क्यान्सरको जोखिम निम्त्याउने गर्छ ।

शरीर कमजोर हुन्छ

अत्याधिक मात्रामा यस्ता चक्कीको सेवनले भोकको कमी हुने गर्छ । जसले गर्दा क्यालोरी अपुग भएर शरीर कमजोर हुन सक्छ ।

मुटु रोग

यस्ता चक्कीको अत्याधिक प्रयोग कयौ किसिमका मुटु सम्बन्धि समस्या उत्पन्न हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment